- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापाका जिल्ला प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले नागरिकमा सकारात्मक सोच भए शान्ति सुरक्षाको प्रत्याभूत दिन प्रहरीलाई सहयोग पुग्ने बताएका छन् । जिल्लाको गौरादह नगरपालिका इलाका प्रहरी कार्यालयद्वारा सोमबार आयोजित मेस तथा कार्यालय भवन समुद्घाटन एवम् प्रतीक्षालय शिलान्यास कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन ।
स्थानीय नागरिक र सहयोगी दाताहरूको सहयोगमा १४ लाख २५ हजार लागतमा निर्माण सम्पन्न गरिएको मेस तथा कार्यालय भवनको औपचारिक उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका भट्टराईले कार्यक्रमलाई सम्बोधनका क्रममा शान्ति सुरक्षा व्यवस्थापनमा समाजमा रहेका हरेक नागरिकको भूमिका र दायित्व महत्त्वपूर्ण रहने बताएका थिए ।
समाजमा रहेका गलत प्रवृत्ति हरूलाई आ-आफ्नो स्थानबाट गोप्य रूपमा सूचना दिएर नागरिक हरूले सहयोग गर्न अनुरोध गर्दै आफू र आफ्नो बल बुद्धि र विवेकले भ्याए सम्म जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनमा प्रतिबद्धतासाथ लागि पर्ने बताए ।
जिल्लामा हाल कार्यरत करिब १३ सय प्रहरीको नेतृत्व आफूले गर्दै गर्दा प्रहरी भित्र पनि केही कमी कमजोरी भएमा सुधार गर्दै लैजाने र प्रहरी भित्र पनि कुनै गलत प्रवृत्ति भएको जानकारी भए गोप्य रूपमा आफूहरूलाई सूचना दिएर सुधार गर्ने अवसर प्रदान गर्न अनुरोध समेत गरेका थिए ।
अर्को प्रसङ्गमा झापा जिल्ला लागूपदार्थ प्रयोगकर्ता र दुर्व्यसनीको दृष्टिकोणले देशभरमा तेस्रो नम्बरमा रहेको भएता पनि केही समय अघि देखी त्यस्ता कारोबारीहरूलाई नियन्त्रणमा लिन आफूहरू सफल रहेको र झापा जिल्लाको १ सय ४४ किमी क्षेत्र छिमेकी देश भारत सँग खुल्ला सिमाना जोडिएको कारण सो छेत्रमार्फत त्यस्ता कारोबारीहरू आवत-जावत गर्ने हुनाले तस्करी नियन्त्रण गर्न तथा लागूपदार्थका कारोबारी र दुर्व्यसन पुर्णरुपमा नियन्त्रण कठिनाइ आएता पनि उक्त कार्य नियन्त्रणमा आफूहरू अहोरात्र लागिपरेको बताए ।
लागूपदार्थ कारोबारीहरूले युवाहरूलाई लागू औषध प्रयोगमा लगाउने र कुलतमा पार्न सक्ने सम्भावना व्यापक भएकोले प्रत्येक नागरिकले आफ्ना बालबच्चा कहाँ जादैछन् र के गर्दैछ्न् भन्ने निगरानी गर्न आवश्यक रहेको बताए ।
सामुदायिक प्रहरी साझेदारी मार्फत विगतका वर्ष हरूमा झैँ यस बर्स पनि कोभिड महामारी कमी भए पश्चात् जिल्लाका विभिन्न स्थान , विद्यालय तथा सेवा प्रवाह हुने स्थलहरूमा लागू औषध दुर्व्यसन तथा साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने र सहरी इलाकामा क्विक रेस्पोन्स टिम क्यु. आरटी मार्फत अपराध नियन्त्रणमा आफूहरू अहोरात्र लागिपरेको बताए ।