arrow

आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किन्छ : ओली

पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोसीको भेल थुनिँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
kp-oli-balkot-meet.jpg

झापा । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किने बताएका छन् । नेकपा एमाले झापाले मङ्गलवार बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने 'आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किन्छ, हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन' । 

उनले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताए । उनले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधि सभा अवरुद्ध गर्नु आफूहरूको बाध्यता भएको बताए । 

एमालेलाई विभाजनको खासै असर नपरेको स्पष्ट पार्दै उनले भने, “पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोसीको भेल थुनिँदैन ।” आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा मुलुकले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ