arrow

सरकारले एकैपटक सात दर्जनभन्दा बढी सहसचिवको सरुवा गर्‍यो (सूचीसहित)

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ भदौ २९ मंगलबार
Shinga-Durbar-shingadurbar-area-ministry-energy.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। सरकारले एकै पटक ८५ जना सहसचिवको सरुवा गरेको छ। सरुवा गरिएका सहसचिवहरूमा धेरैजसो लामो समय काठमाडौँ बाहिर बसेकालाई काठमाडौँमा र काठमाडौँमा बसेकालाई काठमाडौँ बाहिर विभिन्न प्रदेशमा पठाइएको छ। सहसचिवको सरुवा गर्दा मन्त्रिपरिषद्को निर्णय हुनु पर्ने कानुनमा व्यवस्था छ। तर मन्त्रीस्तरीय निर्णयबाट काज र कामकाजको लागि एक ठाउँबाट अर्को ठाउँमा खटाउन सकिने व्यवस्था छ।

काजमा खटाउँदा समय तोकेर खटाइएको हुन्छ। तर कामकाजको लागि भनेर खटाउँदा समयसीमा तोकिएको हुँदैन। यसबाट कामकाजमा खटाइएका सहसचिव कुनै बेला लामो समयसम्म पनि खटाइएको कार्यालयमा बस्नुपर्ने हुन्छ। यस पटक सङ्घीय मामिला मन्त्रालयले कामकाज भन्दै सचिवलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गरेको छ।

स्रोतका अनुसार १५ दिन अघि नै सङ्घीय मामिला मन्त्रालयले सरुवा गर्न लागिएका सहसचिवहरूको सूचि तयार गरेको थियो। उक्त सूचि मुख्यसचिव शंकरदास वैरागीलाई पठाइयो। मुख्यसचिव र सामान्य सचिव एकनारायण अर्यालले तयार गरेको सूचिलाई केही दिन अघि परिमार्जन गरिएको थियो। २-३ पटक सूचि परिमार्जन गरिए पछि सङ्घीय मामिला मन्त्रालयले मङ्गलवार निर्णय गरेको छ।

अर्थका ५ जना सहसचिवहरू झक्कप्रसाद आचार्य, सुमन दाहाल, धनीराम शर्मा, यामलाल भुषााल, ज्ञानेन्द्र पौडेललाई प्रदेशमा खटाइएको छ। स्रोतका अनुसार अर्थमन्त्री जनार्दन शर्माको चाहनामा उनीहरूलाई प्रदेशमा पठाइएको हो। उनीहरूले अर्थमन्त्रीलाई असहयोग गरेको अर्थमन्त्रीको बुझाइ छ।

प्रधानमन्त्री कार्यालयमा कार्यरत गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ। हुलाक विभागका महानिर्देशक आभा श्रेष्ठलाई श्रम मन्त्रालयमा पठाइएको छ। नवराज ढुगाँनालाई राष्ट्रिय योजना आयोगबाट अर्थमा ल्याइएको छ।

मातृका यादव उद्योगमन्त्री हुँदा यादवको निजी सचिवालयमा बसेका ढुगाँनालाई तत्कालीन केपी ओली नेतृत्व सरकारले पेलेको थियो। गृह मन्त्रालय गरिएको सरुवा समेत रद्द गरिएको थियो। गोपाल सिग्देललाई कर्णाली प्रदेशबाट काठमाडौँ ल्याइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ