arrow

ज्येष्ठ नागरिक कोष भवन उद्घाटन

logo
प्रकाशित २०७३ साउन २ आइतबार
samaj-kalayan.jpg.jpeg
काठमाडौँ। समाजकल्याण परिषद् अन्तर्गत ज्येष्ठ नागरिक कोषको भवन आजदेखि सञ्चालनमा ल्याइएको छ । भृकुटीमण्डपस्थित उक्त भवन अब ज्येष्ठ नागरिकको हक, हितमा प्रयोग गरिने छ । मुलुकमा अहिले करिब २२ लाख ज्येष्ठ नागरिक रहेको बताइएको छ । 
 
कोषका सभापति रामकृष्ण कर्माचार्यले उक्त भवनको उद्घाटन गर्दै ज्येष्ठ नागरिकको अनुभवलाई देश विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए । 
 
उनले समाजमा वृद्धवृद्धालाई माया, स्नेह तथा आदरको खाँचो रहेको बताउँदै हाम्रो समाजमा ज्येष्ठ नागरिकलाई घरबाट बाहिर वृद्धाश्रममा लगेर राख्ने प्रचलन बढ्दै गएकामा चिन्ता व्यक्त गरे । 
 
उक्त अवसरमा उपप्रधानमन्त्री सिपी मैनालीले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको सन्देश पठाएका थिए । केही दिन अगाडि सरकारी निर्णयबाट सो पदमा नियुक्त कर्माचार्यले आजैदेखि पदबहाली समेत भएका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ