arrow

मेगा बैङ्कका ग्राहकहरूलाई कान्तिपुर अस्पतालमा विशेष छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
mega-kantipur-hosptial.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडका ग्राहकहरूलाई काठमाडौँको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ। मेगा बैङ्क नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैङ्कका ग्राहकहरूलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो।

सम्झौता अनुसार मेगा बैङ्कका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन्।

आइसियु, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ। यसै गरी, मेगा बैङ्कका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शल्यक्रिया गर्नु परेमा विशेष छुट र कोभिडको पीसीआर परीक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।

मेगा बैङ्कले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर यस अघि नै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न अस्पतालहरूसँगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ