arrow

सरकार ढालेर प्रतिपक्षलाई सघाउनेलाई जनताले पत्याउने छैनन् : ओली

चोइटिएर गएका कार्यकर्तालाई म पुनः मूल पार्टीमा फर्कन आग्रह गर्दछु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
kp-oli-standing-committee-meet.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै केही स्वार्थी नेताका कारण आफ्नो नेतृत्वको सरकार ढलेको बताएका छन् ।  एमालेको काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको विस्तारित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनबाट ताजा जनादेश लिएर पुनः सरकारको नेतृत्व गर्ने बताए।

अध्यक्ष ओलीले भने  “आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षलाई सघाउन जानेलाई जनताले पत्याउने छैनन् । एमाले जस्ताको तस्तै छ । पार्टीबाट चोइटिएर गएका कार्यकर्तालाई म पुनः मूल पार्टीमा फर्कन आग्रह गर्दछु”, अध्यक्ष ओलीले भने, “माओवादी केन्द्रबाट एकतामा आएकामध्ये पनि ठुलो हिस्सा हामीसँग छ ।”

अध्यक्ष ओलीले एमाले कार्यकर्ताको जगमा उभिएको पार्टी भएको उल्लेख गर्दै वर्तमान सरकारले मुलुकमा बजेट शून्यता सिर्जना गरेको आरोप लगाए । एमालेका उपाध्यक्ष एवं वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी सरकारमा हुँदा भएका कामको समीक्षा गरेर जनताका बिचमा पुग्नुपर्ने बताए ।

पार्टी प्रतिपक्षमा रहे पनि समृद्ध नेपाल र राष्ट्रिय स्वाधीनताको लक्ष्य पूर्तिप्रतिको जिम्मेवारीमा कुनै फरक नपर्ने बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ