arrow

प्रदेश एक : पाँच जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
province-1-corona.jpg

विराटनगर । प्रदेश नं १ मा बिहिवार पाँच जनाको कोरोना संक्रणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साथै २६१ जना कोरोना संक्रणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३० महिला र १३१ पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा सबैभन्दा बढी झापामा १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती संक्रमित झापाको १३ वटा पालिकामा देखिएका हुन् । सो अवधिमा प्रदेशभरिमा एक हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाबाहेक मोरङमा १२२, सुनसरीमा ६१, धनकुटा र इलाममा पाँच-पाँच, भोजपुर, उदयपुर र सङ्खुवासभामा एक-एक र प्रदेश बाहिरका तीन जनामा संक्रमण देखिएको छ । प्रदेशमा बिहिवार आठ जिल्ला बढी प्रभावित भएको देखिएको छ । 

स्थानीय पालिका अनुसार झापामा १३ वटा पालिकाअन्तर्गत झापाको विर्तामोडमा ४१, अर्जुनधारामा २७, कनकाइमा १८, दमकमा १५, शिवसताक्षी र मेचीनगरमा १०-१०, बुद्धशान्ति र भद्रपुरमा छ-छ, बाह्रदशी र हल्दिबारीमा चार, कमल गाउँपालिकामा तीन, गौरादह र झापा गाउँपालिकामा दुई-दुई जनामा कोरोना देखिएको हो ।

मोरङको विराटनगरमा ७२, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १०, उर्लाबारीमा सात, केराबारीमा पाँच, रतुवामाईमा दुई, बेलबारी, लेटाङ, रङ्गेली, धनपालथान, बूढीगङ्गा र कटहरीमा एक-एक गरी १२ वटा पालिकामा, सुनसरीको छ वटा पालिकाअन्तर्गत इटहरीमा ४२, धरानमा ११, रामधुनीमा चार, हरिनगरमा दुई, इनरुवा र देवानगञ्जमा एक-एक, धनकुटाको धनकुटा नगरपालिकामा तीन, छथर र पाख्रिबासमा एक-एक गरी तीन पालिकामा देखिएको छ । 

त्यस्तै इलामको इलाम नगरपालिकामा तीन, सूर्योदय र चुलाचुलीमा एक-एक गरी तीन पालिकामा, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको कटारी र सङ्खुवासभाको खाँदबारीमा एक-एक र प्रदेश बाहिरका तीन जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ