arrow

प्रचण्ड निवासमा हेडक्वार्टर बैठक

logo
प्रकाशित २०७३ साउन २ आइतबार
lajimpat-baithak.jpg.jpeg
काठमाडौं । नयाँ सरकार गठनमा लागेको माओवादी केन्द्रले केन्द्रीय कार्यालयका पदाधिकारीसंग छलफल थालेको छ । समसामयिक राजनीतिक परिस्थितिको सामना र आगामी रणनीति बनाउन माओवादी अध्यक्ष दाहालले सबै सदस्यहरुलाई निवासमै डाकेका छन् । 
 
लाजिम्पाटमा जारी (हेडक्वार्टर)बैठकमा भोली सरकार गठन हुँदा सत्ता शक्ति कसरी बाँडफाँड गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि, अध्यक्ष दाहालका सहयोगि जोखबहादुर महराले समसामयिक विषय र सरकार गठनमा अन्य दलसंग कसरी सहकार्य गर्ने भन्ने सन्दर्भमा छलफल भइरहेको सुनाए । उनले भने, ‘छलफलको ठोस विषय बैठकपछि नै थाहा हुन्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ