- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल ८५७ जनाको पीसीआर परीक्षण गर्दा १९८ र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ मा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०० मध्ये विराटनगरमा ५७, सुनसरीमा ६४, झापामा १७, धनकुटामा नौ, भोजपुर र तेहृथुममा दुईदुई, संखुवासभामा एक र प्रदेश बाहिरका तीन जनामा संक्रमण देखिएको हो ।
प्रदेशमा शुक्रवारै ३८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा १९६ महिला र १८४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।