arrow

करिश्मालाई केपी ओलीको फोन: 'करिश्मा परीक्षा कस्तो भैरहेको छ ?’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २ शनिबार
Karishma.jpg

काठमाडौं । नायिका करिश्मा मानन्धरले पूर्वप्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर परीक्षाबारे चासो लिएको जनाएकी छिन् ।

बुधबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी करिश्मालाई परीक्षाको विषयमा बुझ्न ओलीले टेलिफोन गरेको करिष्माले सामाजिक संजालमार्फत जनाएकी छिन् ।

उनले लेखेकी छिन्,‘ फोन आउँदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली भन्ने आयो म छक्क परे । मजाक हो कि भन्ने पनि लग्यो तर वहा हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो । करिश्मा परिक्षा कस्तो भैरहेको छ ?’ करिश्माले ओलीले अभिभावकले छोराछोरीलाई जस्तै गरी फोन गरेको र आफ्नो परीक्षाबारे जानकारी लिएको उल्लेख गरेकी छिन् ।

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ