यी हुन् सरकारले विभूषित गरेका ९०३ जना व्यक्तित्वहरु
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
1.4k
Shares
तस्वीर– सांकेतिक ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन् । उनले ९०३ जनालाई विभूषित गर्ने घोषणा गरेकी हुन् ।
नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ । उनले २०४७ सालको संविधान जारी गर्नुका साथै निर्वाचनसमेत गराएका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुर्याएका भट्टराई नेपाली राजनीतिमा सन्त नेताका रूपमा चिनिन्छन् ।
यसैगरी, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुर्वणशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गर्ने घोषणा भएको छ । त्यसैगरी महाउज्ज्वल राष्ट्रदीप सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राजनीतिज्ञ स्व. तुल्सीलाल अमात्य, स्व. मङ्गलादेवी सिंह र मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. दुर्गानन्द झा र स्वर सम्राट नारायण गोपाललाई प्रदान गरिने भएको छ ।
त्यसैगरी, सुप्रसिद्ध प्रबल जनसेवा राजनीतिज्ञ प्रदीप नेपाल, स्व। पोस्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य र पीएल सिंहलाई प्रदान गरिने भएको छ । उज्ज्वल कृतिमय राष्ट्रदीप मान–पदवीबाट सर्वोच्च अदातलतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
यसैगरी, प्रसिद्ध प्रबल जनसेवाश्रीबाट ३९ जनालाई प्रदान गरिने भएको छ । जसमा न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना मल्ल, तेजबहादुर केसी, महालेखा परीक्षक टङ्कमणि शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती, धर्मगुरु आत्मानन्दन लिङ्देन, राजनीतिज्ञ स्व. चक्रप्रसाद बाँस्तोला छन् ।