arrow

मेगा बैङ्ककी डेपुटी सिइओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभूषण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
raveena-desraj-shreshta-mega.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभूषित भएकी छिन्। नेपाल सककार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री (चतुर्थ) घोषणा गरेकी हुन्।

डेपुटी सिइओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैङ्कमा कार्यरत छिन्। यसअघि पनि उनले एसिया स्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैङ्किङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन्। करिब ३ दशकदेखि नेपालको बैङ्किङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजेनश र ग्रामीण बैङ्किङमा विशेष दख्खल राख्ने बैङ्कर हुन्।

भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैङ्क, नबिल बैङ्कमा समेत काम गरिसकेकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ