- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । फ्रेन्च लिग वानमा लियोनल मेस्सी सम्मिलित पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । आइतबार रातिको खेलमा पीएसजीले लियोँलाई २–१ गोल अन्तरले हराएको हो ।
पीएसजीको जितमा नेयमार र इकार्डीले एक एक गोल गरे । लियोँका टोलेन्टिनो कोएल्हो डे लिमाले एक गोल फर्काए ।
तर खेलमा मेस्सीले गोल गर्न सकेनन् । पहिलो हाफमा उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने गोलकिपर एन्थोनी लोप्सले समेत राम्रो बचाउ गरेका थिए ।
त्यतिमात्र हैन पीएसजीको घरेलु मैदानमा पहिलो पटक उनी उत्रिएका थिए । त्यो खेलमा गोल गर्न नसक्दा उनका फ्यान निराश भए ।
त्यो भन्दा पनि चित्त मेस्सीले आफूले नै दुखाए । त्यसको कारण हो उनी दोस्रो हाफमा मैदान बाहिर जानु पर्यो ।
७६ औं मिनेटमा मैदानबाट बाहिर निस्कदै गर्दा उनी प्रशिक्षक मौरिसियो पोचिटिनोको निर्णयमा असन्तुष्ट देखिए । प्लेयर बक्समा पुगेर पनि उनी निराश देखिए ।
यसै सिजन स्पेनिश क्लब बार्सिलोना छाडेर पीएसजी आएका ३४ वर्षे मेसीले पीएसजीबाट तीन खेल खेलेका छन् ।
पीएसजी लिगमा ६ खेलबाट शतप्रतिशत जितसहित १८ अंकबाट शीर्ष स्थानमा छ । तर मेसीको चिन्ता कायमै छ ।
मेस्सीलाई दोस्रो हाफमा निकालेको बारेमा प्रशिक्षक पोचिटिनोले उनले भनेका छन्, ‘हामी उनलाई सुरक्षा राख्न चाहन्छौं । त्यसो भनेको उनलाई सम्भावित चोटबाट बचाउन चाहन्छौं । हाम्रो अगाडि अझै पनि धेरै महत्त्वपूर्ण खेल रहेका छन् । यी सबै खेलमा मेसीको आवश्यकता हुनेछ, त्यसैले हामी उनको सुरक्षालाई लिएर चिन्तित छौं ।’
पीएसजीले अब च्याम्पियन्स लिग खेल्नेछ । जसलाई जित्नु नै उसको लक्ष्य हो ।
मेस्सीको प्रयोग बढी च्याम्पियन्स लिगमा हुनेछ ।
मेस्सी छ पटकका बालोन डे’ओर विजेता हुन् ।