arrow

रणनीति बुन्दै संघीय गठबन्धन

logo
प्रकाशित २०७३ साउन २ आइतबार
Madeshi-Morcha-Meeting.jpg.jpeg
काठमाडौँ । आन्दोलनरत सङ्घीय गठबन्धनले १ महिना लामो रिल अनसन समापनसंग नयाँ बहस सुरु गरेको छ । गठबन्धन बैठक आइतबारबाट सुरु भएको छ । यद्यपि, गठबन्धनले अभ्यासमा रहेको नयाँ सरकारमा जाने मनस्थिति बनाइरहेको चर्चा हुन थालेको छ । 
 
तर, गठबन्धनका नेताले त्यसलाई घुमाउरो रुप दिँदै सरकार ढाल्न समर्थन गर्ने तर सरकारमा नजाने भनेका छन् । गठबन्धनको समिक्षात्मक बैठकमा  शीर्ष नेताले बोल्ने पालो सोमबार रहेको छ । जसमा सकभर सरकारमा सहभागी हुने या नहुने भन्नेबारे निर्णय हुनसक्ने बताइएको छ । 
 
स्रोतका अनुसार गठबन्धनले नयाँ परिस्थितिमा सर्त नयाँ सरकारलाई समर्थन गर्ने गरी निर्णय गर्नेछ । यसअघि गठबन्धनले व्यवस्थापिका–संसमा प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरिसकेको छ । गठबन्धनको अर्को बैठक सोमबार बिहान ७ बजे तिनकुनेमा बस्नेछ । 
 
जारी संविधानमा सङ्घीय प्रदेशलगायत विषयमा असन्तुष्टि जनाउँदै आएको गठबन्धनले राजधानीमा ३९ दिनसम्म चलेको रिले अनशनपछि आगामी रणनीति तय गर्दै छ । बैठकले विगतका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै भावी रणनीति तय गर्ने बताइएको छ ।  
 
गठबन्धन नेता एवं सद्भावना महासचिव मनिष सुमनले बैठकमा रिले अनशनको समीक्षा भएको बताएका छन् । मुलुकको नयाँ परिस्थितमा कसरी अघि बढ्ने र आगामी कार्यक्रमलाई कसरी अघि बढाउने भन्नेबारे सोमबार छलफल हुने उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ