arrow

केपी ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
gyandra-karki.jpg

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले राजनीतिक रुपमा नियुक्त गरेका सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

‘मन्त्रिपरिषद्ले राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूताहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ,’मन्त्री कार्कीले भने । 

सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, बेलायतका लागि राजदूत पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी लगायत अन्य देशहरुमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ