arrow

काठमाडौं प्रहरीले भन्यो: डेरावालको फोटोसहितको विवरण राख्नु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
nepal-police12.jpg

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले घरबेटीहरुलाई भाडामा बस्ने र काम गर्नेहरुको नाम, ठेगानासहितका फोटोसहितको स्थायी विवरण विस्तृत रुपमा राख्न आग्रह गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा राणनीति बनाउँदै आमसर्वसाधारणहरुमा यस्तो आग्रह गरेको हो । चाडपर्व नजिंकिंदै गर्दा चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले परिसरले सचेत हुनसमेत आग्रह गरेको छ ।

परिसरले लामो समय घरबाट बाहिर जानु पर्ने भएमा नजिकका विश्वासिला व्यक्तिलाई घरको जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान भनेको छ । यस्तै जुवा, तास, ढुकुटी खेल्ने, खेलाउनेहरुकाबारे जानकारी भए प्रहरी प्रहरीलाई सुचना दिनसमेत भनिएको छ ।

यस्तै, कुनै पनि टोलमा असामान्य व्यक्ति पटक–पटक देखिए निगरानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिंड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न भनेको छ ।

यसैगरी सार्वजनिक स्थलहरुमा धुमपान, मद्यपान गर्ने कार्यलाई निरुत्साहित गर्न, लागू औषध् तथा नशालु पदार्थ सेवन तथा वेचविखन गर्ने कोही व्यक्ति देखिए जानकारी दिनसमेत आग्रह गरिएको छ ।

यस्तै रातको समयमा घरको ढोका कसैले ढक्ढकाए सो व्यक्तिलाई नचिनेसम्म नखोल्न भनिएको छ भने अपरिचित व्यक्तिले दिएका कुनै पनि खानेकुरा नखान भनिएको छ । रातको समयमा घरका ढोका झ्याल राम्रोसँग लगाएर सुत्न भनिएको छ ।

यसैगरी बैंक तथा वित्तिय संस्थामा ठूलो नगद कारोबार गर्न जाँदा विश्वासिलो व्यक्तिलाई साथमा लैजान, सार्वजनिक स्थानमा हिड्दा सुनका गरगहना प्रयोग नगर्न, धम्कीपूर्ण फोन आए सम्भव भएसम्म रेकर्ड गर्न भनिएको छ । यस्तै जुवा, तास, ढुकुटी खेल्ने, खेलाउनेहरुकाबारे जानकारी भए प्रहरी प्रहरीलाई सुचना दिनसमेत भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ