arrow

ओलीको व्यङ्ंग्य: ‘१४ महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाए धन्यवाद दिनुपर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
kp-oli-balkot-meet.jpg

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग लड्ने भए एकताबद्ध भएर आउन उनले सत्तारुढ गठबन्धनलाई चुनौति दिएका छन् ।

उनले प्रधानमन्त्री शेर बहादुर देउवा र  एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटु आलोचना गर्दै गठबन्धनको कार्यशैलीप्रति आक्रोश व्यक्त गरे ।

बिहीबार काठमाडौंमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले मन्त्रिमण्डल बनाउन नसक्नेले एमालेसँग लड्ने धाक लगाउने ? भनेर प्रश्न गरे । प्रधानमन्त्रीले शपथ लिएको ७५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएकोप्रति व्यङ्य गर्दै १४ महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाए धन्यवाद दिनुपर्ने बताए ।

उनले माधव नेपालतिर लक्षित गर्दै कांग्रेसको पछि हिँडेर प्रतिक्रियावादी र दक्षिणपन्थीविरुद्ध लड्ने भनेर मजाक गरेको बताए । उनले भने, ‘कांग्रेसको पछि हिड्नुछ, अझ दक्षिणपन्थविरुद्ध लड्ने रे ?’

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टी र अध्यक्ष नेपालप्रति कटाक्ष गदै, ‘फुटेको एउटा टुक्रो एकीकृत पार्टी रे । पदाधिकारी पनि भर्न मान्छे नभएर खाली छोडेका छन् ।'

ओलीले आफूले गरेको राजनीति देश र जनताप्रति समर्पित भएको बताउँदै देशभर एकैपटक तीन सयभन्दा बढी अस्पताल शिलान्यास गरेर एमाले नेतृत्वको सरकारले ‘निरोगी नेपाल’ बनाउन लागेको स्मरण गरे ।

आफ्नो कार्यकालमा बनेको प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेकोमा खुशी लागेको बताउँदै उनले भने,‘शेरबहादुर देउवाजी हामीले बनाइदिएको नयाँ घरमा सर्दै हुनुहुन्छ । मलाई खुशी लाग्छ उहाँले रिबन काट्नुहुनेछ, बत्ती बाल्नुहुनेछ, घर हामीले बनायौं उहाँले बत्ती बाल्ने र रिबन काट्नुहुनेछ,प्लग हामीले बनायौं स्वीच उहाँले थिच्नुहुनेछ ।’

ओलीले पार्टीलाई एकजुट बनाएर जान कार्यकर्ताहरुलाई निर्देशन दिए । भविष्यमा एमाले सरकारमा आएमा तीन दिनभित्र सरकार बनाउने बताउँदै उनले प्रधानमन्त्रीले शपथ लिएकै दिन पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ