arrow

डिआइजीको नाम लिँदै पैसा माग्ने महिला रौतहटमा पक्राउ

डिआइजी रन्जितकार भन्छन्- बदनाम गर्न खोजियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
dig umesh-rangitkar-mahila.jpg

रौतहट । प्रदेश नम्बर २ का डिआइजी उमेश रन्जितकारको नाममा रकम सङ्कलन गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । रौतहटको गरुडा नगरपालिका विर्तामा रहेको नेपाल प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिने भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रन्जितकारको नाममा पैसा सङ्कलन गरेको आरोपमा सर्लाही हरिन नगरपालिका-११ की सुशीला थापा दाहाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले पुष्टि गरे । 

पर्सा मणिपुरका उदास कुमार पाण्डेसँग ६ लाख रुपैयाँ माग गर्दै प्रहरी स्कुल गरुडामा स्थायी दरबन्दी कायम गराइदिने भन्दै दाहालले पैसा मागेको अडियो सार्वजनिक भएको थियो । 

प्रदेश प्रहरी प्रमुखले रकम मागेको भन्दै अडियो सार्वजनिक भएपछि थापालाई बिहीबार प्रहरी विद्यालयमा बोलाइएको थियो। फोन रेकर्डमा सुनिएको आवाज आफ्नै भएको उनले स्वीकारे पनि डिआइजी रन्जितकारलाई नचिनेको र केही सम्बन्ध नरहेको बताइन । इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी भण्डारीले घटनाको छानबिनका लागी अहिले उनलाई नियन्त्रणमा राखिएको बताउँदै । इप्रका गरुडामा पत्रकार समक्ष रुँदै उनले आफूले गल्ती गरेको बताइन । 

 प्रदेश २ प्रहरी कार्यालयले समेत घटनाका विषयमा ध्यानाकर्षण भएको जनाएको छ । डिआइजीको नाममा रकम उठाएको बारेमा केही सञ्चारमाध्यमले खबर सम्प्रेषण भएपछि डिआइजी रन्जीतकार रौतहटको गरुडा आएर चिन्दै नचिनेको मान्छेले आफ्नो नाममा पैसा मागेर बदनाम गराउन खोजेको बताए । 

"प्रहरीलाई समेत फसाउने षडयन्त्र भयो,उनले भने ।" सत्य तथ्य चाडै बाहिर आउँछ,बदनाम गराउन खोज्नेहरू कानुनी दायरामा आउन्न,उनले भने ।" महिला पक्राउ परे पनि पैसा दिन्छु भन्ने व्यक्ति पाण्डे भने फरार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ