arrow

गोविन्द केसीको स्वास्थ्यमा राजनीति नगरौं : उपप्रधानमन्त्री थापा

logo
प्रकाशित २०७३ साउन ३ सोमबार
Kamal-Thapa.jpg.jpeg.jpeg
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले डा. गोविन्द केसीको स्वास्थ्यमा राजनीति नगर्न आग्रह गरेका छन् । सत्ताको एक घटक राप्रपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै केसीका जायज माग वार्ताबाट समाधान गर्न भनेका छन् । 
 
उनले ट्वीटमा अगाडी भनेका छन्, ‘केसीको स्वास्थ्यमा राजनीति नगरौं । जीवन रक्षार्थ सरकार, त्रिवि र उनका सहकर्मीहरुले ध्यान दिनु पर्छ ।’ केसीको अनसनकाविरुद्ध सत्ताधारी एमाले निकट चिकित्सा संस्थानका कर्मचारीहरु आन्दोलित भएका बेला सोही सरकारमा रहेका उपप्रधानमन्त्रीले केसीको स्वास्थ्यवस्थाबारे चिन्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
 
केही दिन पहिले सत्ताको एक घटक माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिँदा मन्त्रालयमा विदाई भेट गरेका उपप्रधानमन्त्री थापाले पछिल्लो समय सरकार भन्दा पनि आफ्नो पार्टीको भविष्यलाई बढी महत्व दिन थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ