arrow

केपी ओली निकट कर्मचारीहरूले देउवालाई गुहारे 

कार्यालयमा प्रहरीले ताला लगाए पछि 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
njijamatiss.JPG

काठमाडौँ । कार्यालय भवनमा प्रहरीले ताला लगाए पछि एमाले निकट कर्मचारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाई भवनमा लगाइएको ताला खुलाउन आग्रह गरेका छन् ।

एमाले निकट कर्मचारी सङ्गठन नेपाल निजामती कर्मचारी सङ्गठनको ७७ वटै जिल्ला कार्य समितिहरूले आइतबार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् भने केन्द्रमा मुख्यसचिवलाई ज्ञापन पत्र बुझाइएको छ ।

असोज ४ गते बबरमहलमा रहेको निजामती कर्मचारी सङ्गठनको भवनमा प्रहरीले ताला लगाएको छ । भवन कब्जा गर्न दुई पक्षको होडबाजी सुरु भएको छ । भवन कब्जा गर्ने नाममा असोज ४ गते दुई पक्षको भिडन्त भएको थियो । भिडन्तमा उत्रेका कर्मचारीहरूलाई प्रहरीले केही बेर नियन्त्रणमा लिएको थियो । कार्यालय भवनमै दुई पक्षका कर्मचारीहरूको भिडन्त भए पछि उक्त भवनमा प्रहरीले ताला लगाएको थियो ।

एमाले विभाजन भए पछि यस पटक एमालेको कर्मचारी सङ्गठन नेपाल निजामती कर्मचारी सङ्गठन विधिवत् रूपमा विभाजन भएको छ । दुबै पक्षले नेपाल निजामती कर्मचारी सङ्गठनको आधिकारिकता आफूसँग भएको दावी गरेका छन् । 

कर्मचारी सङ्गठनको आधिकारिकता आफूसँग भएकोले कर्मचारी सङ्गठनको भवन तथा सम्पत्ती पनि आफ्नो भएको दुबै पक्षको दावी छ । दुबै पक्षले एकले अर्कोलाई संगठनबाट निकाला गरेको घोषणा गरेका छन् ।

एमाले निकट कर्मचारी नेता लेखनाथ कोइरालाले नेपाल निजामती कर्मचारी सँगठनको आधिकारिकता आफूहरूसँग रहेको दावी गर्दै केही व्यक्तिलाई संगठनबाट निकालिएको बताए । यस्तै दावी माधव नेपाल पक्षधर कर्मचारी नेताहरूको पनि छ । 

२०४७ बैशाखमा स्थापित भएको नेपाल कर्मचारी सङ्गठन यस पटक औपचारिक रूपमा विभाजित भएको छ । 

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ