arrow

को थिए नर र नारायण ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
Nar-Narayana.jpg

दम्बोद्भव नामको एक असुर थियो । उसले सूर्य देवताको ठुलो तपस्या गरे। जब सूर्य भगवान् प्रसन्न भएर वरदान माग्न भने, उसले 'अमरत्व' को वरदान मागे। सूर्यदेवले यो सम्भव छैन भने ।

तब उनले एक हजार दिव्य कवचहरूको सुरक्षाको वरदान मागे । यी कवचहरू मध्ये एक मात्र हजार वर्ष सम्म तपस्या गर्नेले मात्र तोड्न सकोस् भने । र जसै कसैले त्यो कवच तोड्छ, तुरुन्तै मृत्यु होस । सूर्यदेव धेरै चिन्तित भए। उनी दानवले यो वरदानको दुरुपयोग गर्ने बुझेका थिए ।

तर उसको तपस्याको अगाडि उनी बाध्य भए। यी कवचहरूबाट सुरक्षित भइसकेपछि उही भयो जसको सूर्यदेवलाई डर थियो। दम्बोद्भव, आफ्नो हजार कवचको शक्तिबाट आफूलाई अमर मानेर अनेक प्रकारको अत्याचार गर्न थाले। उनी 'सहस्र कवच' को रूपमा परिचित भए।

अर्कोतिर, सतीका पिता 'दक्ष प्रजापति' ले आफ्नी छोरी 'मूर्ति' को विवाह 'धर्म' सँग गरिदिए, जो ब्रह्मा जीका मानसिक पुत्र थिए। मूर्तिले सहस्र कवचको बारेमा सुनेकी थिइन् । उनले श्री विष्णुसँग प्रार्थना गरिन् दम्बोद्भवलाई समाप्त गर्न आउन् । 

भगवान् विष्णुले उनलाई आउने आश्वासन दिए । समयको क्रमसँगै, मूर्तिले दुई जुम्ल्याहा छोराहरूलाई जन्म दिइन्, जसको नाम नर र नारायण थियो। दुई शरीरमा हुनुको बाबजुद दुवै एक थिए - दुई शरीरमा एक आत्मा। भगवान् विष्णुले नर र नारायण को रूपमा एकै साथ दुई शरीरमा अवतार लिएका थिए।

दुवै भाइहरू हुर्के। एक पटक दम्बोद्भव सो जङ्गलमा पुगे। तब उसले तेजस्वी मनुष्यलाई आफू तिर आउँदै गरेको देखेर डर महसुस गरे। ती व्यक्तिले म 'नर' हुँ, र तिमिसँग युद्ध गर्ने आएको भने । डराए पनि दम्बोद्भव हाँस्दै भने .. तिमीलाई मेरो बारेमा के थाहा छ? हजार वर्षसम्म तपस्या गर्नेहरूले मात्र मेरो कवच भङ्ग गर्न सक्छन्। नर हाँसे र भने म र मेरो भाइ नारायण एक हौँ - उनी मेरो लागि तपस्या गर्दै छन् र म उनको लागी युद्ध गर्दै छु।

युद्ध सुरु भयो, र सहस्र कवच आश्चर्यचकित भए नारायणको तपको कारण नरको शक्ति बढिरहेको थियो। जसै हजार वर्षको समय पुरा भयो नरले सहस्र कवचको एउटा कवच तोडे।सूर्यको वरदान अनुसार, कवच तोडिएसँगै, नरको मृत्यु भयो भुईँमा गिरे । 

सहस्र कवचले सोच्यो, एक कवच गयो र व्यक्ति पनि । तब उसले देख्यो कि नर उस तर्फ दौडिरहेको छ। ती उनको भाइ नारायण थिए, जो हुबहु नर जस्तै देखिन्थे। जो दम्बोद्भव को तिर नभई भाइ नर तिर दौडिरहेका थिए । दम्बोधभ हाँसे र नारायणलाई भने तिमिले आफ्नो भाइलाई सम्झाउनु पर्थ्यो उसले व्यर्थमा आफ्नो ज्यान गुमाए। नारायण शान्त मुस्कुराए। उनले नरको छेउमा बसेर केही मन्त्र पढे र चमत्कारिक रूपमा नर उठे।

तब यो दम्बोद्भवले बुद्धै एक हजार वर्ष सम्म शिवको तपस्या गरेर नारायणले मृत्युंजय मन्त्रको सिद्धि प्राप्त गरेका थिए। ताकि उनले आफ्नो भाइ लाई पुनर्जीवित गर्न सकुन् । अब दम्बोद्भवलाई नारायणले चुनौती दिए र नर तपस्या मा बसे। एक हजार वर्षको युद्ध र तपस्या पछि अर्को कवच भङ्ग भयो र नारायणको मृत्यु भयो।

फेरी नर आएर नारायणलाई पुनर्जीवित गरे, यो क्रम जारी रह्यो। यसरी ९९९ पटक युद्ध भयो। एक भाइले युद्ध गरे अर्काले तपस्या । हरेक पटक एकको मृत्युमा, दोस्रोले उनलाई पुनर्जीवित गरे।

जब ९९९ जब कवच भाँचियो, सहस्र कबचले बुझे अब म मर्नेछु। तब उनले युद्ध त्यागेर सूर्य लोकमा भागे र सूर्य भगवान्को शरण लिए। नारा र नारायण उनको पछि लागेर त्यहाँ आए र सूर्यदेवलाई आफूलाई बुझाउन भने । तर आफ्नो भक्तलाई सुम्पिन सूर्यदेव सहमत भएनन्।

असुरलाई उसको कर्म बाट बचाउन खोजेको भन्दै नारायणले आफ्नो कमण्डलुबाट पानी लिएर सूर्य देवतालाई श्राप दिए । जसको लागी सूर्यदेव पनि यसको पापमा भागीदार बन्नुभयो र तपाईँ पनि यसको साथ जन्म लिनुहुनेछ यसको कर्मफल भोग्नको लागि ।

यस सँगै त्रेता युग समाप्त भयो र द्वापर सुरु भयो। कुन्तीले आफ्नो वरदानको जाँच गर्दै, सूर्य देवताको आह्वान गरिन् र कर्णको जन्म भयो।कर्ण सूर्यका पुत्र मात्र थिएनन् उनी भित्र सूर्य र दम्बोधभ दुवै थिए। जसरी नारा र नारायणको दुई शरीरमा एउटै आत्मा थियो, त्यस्तै गरी कर्णको एक शरीरमा दुई आत्माहरू थिए सूर्य र सहस्त्रकवच।

अर्कोतर्फ नारा र नारायण सो समय अर्जुन र कृष्णको रूपमा आए।कर्ण भित्र सूर्य अंश थियो , जसले उसलाई तेजस्वी बनायो । जबकि उनी भित्र दम्बोद्भव भएको कारण अहङ्कार पनि थियो, उसले आफ्नो कर्मफलको कारण धेरै अन्याय र अपमान पाएर उनी द्रौपदीको अपमान गर्न र यस्ता धेरै पाप गर्न को लागी प्रेरित भए।
यदि अर्जुनले कर्णको कवच भङ्ग गरेको भए, उनी तुरुन्तै मर्ने थिए । यसैले इन्द्रले पहिले नै कर्णसँग कवच मागेका थिए।



नयाँ