arrow

आइएमएस् लिटिलको बिग डिस्काउन्ट, बिग स्माइल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
IMS-little-smiles-dashain-offer-2078.jpg

काठमाडौँ। आइएमएस् लिटिल स्माइलस्ले दशैंको पावन अवसरमा ‘बिग डिस्काउन्टस् बिग स्माइलस्’ अफर सार्वजनिक गरेको छ। यो दशैंमा आइएमएस लिटिल स्माइलस्ले बेस्ड डिल र छुटको अफर ल्याउनुको साथै कम्पनीले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डमा छुटको अफर ल्याएको हो।

आइएमएस् लिटिल स्माइलस्ले ग्राहकलाई डा. ब्राउन, बीबीलुभ र ड्रिमबेबीजस्ता प्रडक्टहरुमा २५ प्रतिशतसम्मको छुटको अफर ल्याएको छ। ग्राहकले ५ हजार रुपैयाँभन्दा माथिको सामान खरिद  गर्दामा १० प्रतिशतसम्मको छुट पाउने छन्, साथै २० जना भाग्यशाली ग्राहकले एक हजार रुपैयाँ बराबरको स्मार्टडोको गिफ्ट कार्ड वा इनर्जाइजर पावर बैङ्क पाउनेछन्।

आइएमएस् लिटिल स्माइलस्ले इनर्जाइजर पावर बैङ्क र लाइनरफ्लुक्स एयरफोनमा २५ प्रतिशतको छुटका साथै फिमी, डिजे आइ ड्रोन, क्रने ह्यूमिडिफायर र एयर प्युरिफायरको खरिदमा ५ प्रतिशतको छुट पाउन सकिने कम्पनीले जनाएको छ। साथै फिमी ड्रोनको खरिदमा २ हजार रुपैयाँ बराबरको पावर बैङ्क निःशुल्क पाउनेछन्।

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टि ब्राण्ड आउटलेट, आइएमएस् लिटिल स्माइलस् दरबारमार्ग स्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ।

मल्टि ब्राण्ड आउटलेटमा अन्तर्राष्ट्रिय ब्राण्डहरु डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डिजे आइ, इनर्जाइजर, लाइनरफ्ल्युक्स र अन्य ब्राण्डहरु उपलब्ध छन्।

ग्राहकहरुले आइएमएस्को लिटिल स्माइलस्को शोरुममा भ्रमण गरेर आवश्यक सामान खरिद गर्न सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ