arrow

प्रदेश एक : ३ सय २७ मा सक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
province-1-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा एक हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८० मध्ये विराटनगरमा ३९, सुनसरीमा ५०, इलाम, धनकुटा र सङ्खुवासभामा दुई/दुई, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेह्रथुम र प्रदेश बाहिरका एक÷एक जनामा संक्रमण भएको हो । 

सो अवधिमा सुनसरीमा ६६, मोरङमा ५८, इलाममा आठ, धनकुटामा दुई, ओखलढुङ्गा र उदयपुरमा एकएक र प्रदेश बाहिरका दुई जनामा संक्रमण देखिएको छ । प्रदेशमा आजै १२६ महिलासहित २४० जना कोरोना संक्रमणमुक्त भएका छन् भने दुई महिलासहित चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ