arrow

घर-बाटो प्रमाणितमा महानगरले शुल्क घटायो

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
Metropolitan_Office_KTM.jpg.jpeg
काठमाडौं। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७३/७४ को लागि विभिन्न शीर्षकमा करको दर हेरफेर गरेको छ। साउन १ गतेदेखि लागू भएको दरमा महानरपालिकाले विभिन्न झन्झटिलो प्रक्रियालाई हटाउँदै विभिन्न घरबाटो प्रमाणितको शीर्षकमा साढे ६ हजार रूपैयाँसम्म दर घटाएको बताएको छ।
 
यस अघि रहेको सेवाशुल्क तथा दस्तुर शीर्षकका विभिन्न दरहरूमा परिवर्तन गर्दै नयाँ व्यवस्था लागू गरिएको काठमाडौं महानगरपालिका राजश्व विभागले जनाएको छ । महानगरपालिकाले यस अघि घरबाटो प्रमाणित गराउन (मूल सडक अन्तर्गत्) ३ आनासम्म ३ हजार रूपैयाँको दरमा र त्यसपछि प्रतिआना १५ सयको दरमा सेवाशुल्क लिने गरेकोमा अहिले ‘त्यसपछिको प्रतिआना’ भन्ने शव्दावलीले झन्झट गराईदिएको भन्दै उक्त व्यवस्था हटाएको महानगरपालिकाले जनाएको छ । 
 
अवको प्रक्रिया अनुसार एक रोपनीसम्मको हकमा मूलसडक अन्तर्गत् प्रति आना १ हजार रूपैयाँ लिने व्यवस्था गरेको छ । तर एक रोपनी भन्दा माथिको जग्गामा घरबाटो प्रमाणित गर्दा अब २० हजार मात्रै तिरे पुग्ने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । 
 
यस प्रक्रियाबाट एक रोपनी भन्दा कम हुने र सो भन्दा बढीजग्गाहुने करदाता दुबैलाई फाइदा हुने भएपनि एक रोपनी भन्दा बढी हुने करदाताहरू यस प्रक्रियाबाट बढी लावान्वित हुने पनि जानकारहरू बताउँछन् । 
 
महानगरपालिकाको यस भन्दा अगाडिको प्रक्रियालाई हेर्दा एक रोपनी जग्गा भएका करदाताले ३ आनासम्म ३ हजारको दरमा कूल ३ हजार र बाँकीमा प्रति आना १५ सयको दरमा बाँकी १३ आनाको १९ हजार ५ सय रूपैयाँ गरी कूल २२ हजार ५ सय रूपैयाँ तिर्नुपर्ने व्यवस्था थियो । अब एक रोपनी जग्गाको मूल सडक अन्तर्गत घरबाटो प्रमाणित गर्दा १६ हजार मात्रै तिरे पुग्ने भएको छ । एक रोपनी भन्दा बढीकोले भने निश्चित २० हजार मात्रै तिरे पुग्ने महानगरले जनाएको छ । 
 
महानगरबासीले योसँगै घरबाटो प्रमाणित गर्दा सहायक पिच सडक ३ आनासम्म ३ हजार र त्यसपछि प्रतिआना १ जारको दरमा लागू हुने छ भने कच्ची मोटरबाटोको हकमा ३ आनासम्म २ हजार र त्यसपछि प्रतिआना ८ सयको दरमा शुल्क तिर्नुपर्ने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ