- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। मित्र राष्ट्र रसियाको मस्को सहरमा आयोजना हुने र्याङ्किङ प्रतियोगिता समेत रहेको कराँते १ प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न जान लागेकी साग स्वर्णधारी अनु अधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले सोमबार एक कार्यक्रमबीच राष्ट्रिय झण्डा सहित खादा लगाएर बिदाइ गरे । सो क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको पनि खेलाडी अनुलाई बिदाइ गरेका थिए ।
खेलाडीलाई शुभकामना दिँदै सदस्य सचिव सिलवालले यस प्रतियोगिताले नेपाली खेलाडीहरूको स्तर मापन गर्ने र नेपाललाई विश्व खेल मञ्चमा परिचय गराउने भन्दै स्तरीय खेल प्रदर्शन गर्न र प्रतियोगिताबाट नयाँ खेल कौशल सिकेर आउन सुझाव दिए ।
विश्वका विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन लगायतका खेलाडीहरूको सहभागिता रहनेर्याङ्किङप्रतियोगितामा अनुले ५५ केजी मुनिको तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । प्रत्येक तौल समूहमा विश्वका ६४ जनाले मात्र प्रतिस्पर्धा गर्न पाउने प्रशिक्षक दीपक श्रेष्ठले बताए । खेलाडी अनुको हाल विश्व कराँतेर्याङ्किङमा१६३ औं स्थान रहेको छ । यस लिगमा उच्च १० स्थान हासिल गर्ने खेलाडीहरू ओलम्पिकका लागि स्वतः छनौट हुने खेलाडी अनुले जानकारी गराइन् । यो लिग आउँदो ओलम्पिकका लागि सुरुवाती चरण भएको समेत अधिकारीले बताइन् ।
प्रत्येक तौल समूहमा विश्वका ६४ जना मात्र खेलाडीहरूले सहभागिता जनाउन पाउने यस विश्वर्याङ्किङप्रतियोगितामा सहभागिता हुनका लागि कराँते महासङ्घले आयोजना गर्ने विभिन्न सिरिज प्रतियोगिताहरूमा सहभागिता र जितका आधारमार्याङ्किङका लागि प्राप्त अङ्कका आधारमा उच्च ५० भित्र परेका खेलाडीहरूले स्वतः छनोट चरण पार गर्नेछन् र बाँकी १४ जना २००र्याङ्किङभित्र परेका खेलाडीहरूले लिगका लागि दर्ता खुलेको अवस्थामा फस्ट कम फस्टका आधारमा जति सक्दो चाँडो नाम दर्ता गर्न सकेमा मात्र सहभागिता जनाउन पाउने प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए ।
अरुबेला १५० भित्रका खेलाडीहरूले मात्र सहभागिताका लागि नाम दर्ता गर्न पाउने भएता पनि यस पटक कोभिडका कारण सिरिजहरू नभएका कारण २०० भित्रका खेलाडीहरूले नाम दर्ता गर्न पाउने प्रावधान कराँते महासङ्घले गरेकाले अनु यस लिगका लागि छनोट हुन सफल भएको समेत प्रशिक्षक श्रेष्ठले जानकारी गराए ।
अक्टोबर १ देखि ३ सम्म आयोजना हुने लिग प्रतियोगिताका लागि अनु एक्लै आजै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।