arrow

कांग्रेसले प्रचण्डलाई पूर्ण रुपमा सघाउने, रामचन्द्र र खुमबहादुरको एजेण्डामा पनि बहस

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
congress-party-office-1.jpg.jpeg
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नयाँ अभ्यासमा रहेको माओवादी केन्द्र सरकारलाई पूर्ण रुपमा सघाउने सहमति जुटाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेकाे केन्द्रीय समिति बैठकमा कांग्रेस नेताहरुले खुलेरै माओवादी नेतृत्व सरकारलाई सघाउने सहमति जुटाएका हुन् । 
 
कांग्रेसले माओवादीको सरकारलाई सघाउने निर्णय गरे यसअघि नै गरेपनि खुला रुपमा छलफल भने भएको थिएन । कांग्रेस केन्द्रीय सदस्य एवं बैठकमा सहभागि नेता शंकर भण्डारीले भने, ‘यसअघि यसरी फुर्सदको छलफल भएको थिएन, सबै केन्द्रीय सदस्यहरुले सरकारमा सहभागि हुनेबारे आफ्नो धारणा राख्न पाएका थिएनन् ।’ हामी सबैले धारणा राख्न पाउने भएका छौं । 
 
मूख्य गरेर बैठकमा नयाँ समीकरणमा कसरी जाने भन्ने विषयमा छलफल केन्द्रीत भएको नेता भण्डारीले जानकारी गराए । बैठकमा अधिकांश सदस्यहरुले माओवादीसंगको सहकार्यलाई निकै सोचविचार पूर्वक लानु पर्ने धारणा राखेका छन् । खुमबहादुर खड्का नजिक मानिने नेता भण्डारीले खुमबहादुर खड्का पक्षले राखेको धारणाबारे बैठकमा घनिभूत छलफल नभएपनि कुरा उठेको र छलफल हुने बताएका छन् । 
 
उनले भने, ‘खुमबहादुर दाईले युद्धकालिन मुद्धा, मानवअधिकारको विषय, अपराधिक मुद्दामा सोच विचार गरेर अघि बढ्नु पर्ने विचार राख्दै आउनु भएको हो । उहाँले असन्तुष्टी जनाएको भन्ने कुरा होइन ।’ त्यो त स्वभाविकै हो । यस्तै, बैठक बोलाउन जोड गर्ने बरिष्ठ नेता रामचन्द्र पौडेलले उठाएको विषय समेत स्वभाविक मानिएको नेता भण्डारीले हाम्राकुरालाई बताए । उनले भने, ‘उहाँले छलफकै विषय उठाउनु भएको हो । सम्मानजनक सहभागिताको कुरा गर्नु पनि स्वभाविक हो ।’ बैठकबाट केही बेरका लागि बाहिर निस्केका भण्डारीले हतारोमा बैठकमा पार्टीका भ्रातृसंस्थाको अधिवेशन गराउने सन्दर्भमा समेत छलफल भएको छ ।  
 
सत्ताको आयु नलम्ब्याउन आग्रह 
कांग्रेसले संविधानको धारा २ सय ९८ को गलत व्याख्या गरेर सत्ताको आयु लम्ब्याउने कल्पना नगर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेको छ ।
 
केन्द्रीय समिति बैठकमा धारा २ सय ९८ ले नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेको निष्कर्षसहित प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव पारित भएपछि समेत सत्तामा बसिरहने कल्पना नगर्न भनेको हो । 
 
यद्यपि, प्रधानमन्त्री केपी ओलीले आफुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले आफुले संसदको फैसला कुर्ने कांग्रेस माओवादीले भने जस्तो राजीनामा नगर्ने बताउँदै आएका छन् । ओलीले सार्वजनिक रुपमै भनेका छन्, ‘साथीहरुले अविश्वास प्रस्ताव पनि दर्ता गर्ने राजीनामा पनि दे भन्ने । यो सुहाउँछ की सुहाउँदैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ