arrow

स्मार्टडोको ‘स्मार्ट दसैँ अफर’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
smart-doko-online-dashian-2078.jpg

काठमाडौँ। नेपालको सबैभन्दा धेरै रेटिङ प्राप्त भएको ई–कमर्श एप स्मार्टडोकोले आउँदै गरेको दसैँको अवसरमा ‘स्मार्ट दसैँ अफर’ सार्वजनिक गरेको छ। सो अफरमा ग्राहकहरूले हिमालयन बैङ्कको डेबिट-क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत (७५० रुपैयाँ) क्यासब्याक , बैङ्क अफ काठमाडौँको डेबिट-क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत (१५०० रुपैयाँ) क्यासब्याक र माछापुच्छ्रे बैङ्कको डेबिट-क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत (२१० रुपैयाँ) सम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ।

साथै, दसैँमा ग्राहकहरूले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहार समेत जित्न सक्नेछन्। स्मार्टडोकोबाट सामान खरिद गर्ने ग्राहकले दैनिक निम्नानुसारका अन्य उपहारहरू पनि जित्न सक्नेछन्। 

१. डाइमण्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर
२. क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर
३. पोको किड्स गिफ्ट भाउचर
४.  बेबी ट्रि गिफ्ट भाउचर
५. इनर्जाइजर पावर बैङ्क
६. गोल्डस्टार जीटेन जुत्ता
७. व्यइडर मेन्सक जापनिज क्वार्र्टाज मुभमेन्ट जेन्युन लेदर ब्याण्ड रिस्टवाच

स्मार्टडोकोले यस स्मार्ट दसैँ अफरमा ग्राहकहरूलाई इलेकट्रोनिक्स, हेल्थ एण्ड ब्युटी, एपिरियल्स, बेबी केयर र अन्य सामग्रीहरू सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ। साथै ग्राहकले अधिकतम ७० प्रतिशतसम्म छुट पाउने समेत व्यवस्था गरिएको छ।

ग्राहकले यो अफरमा आफूलाई मन पर्ने विभिन्न उपहारहरू स्मार्टडोकोको वेबसाइट तथा एपबाट अर्डर गरी फाइदा लिन सक्नेछन्। ग्राहकले एन्ड्रोइड र आइओएस डिभाइसमा एप डाउनलोड गर्न सक्नेछन्।

स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्टहरू छन्। ग्राहकले १० फरक वर्गका सामानहरू जस्तै कोभिडका लागि आवश्यक सामग्री, फुड र ग्रोसरी, हेल्थ एण्ड ब्युटी, इलेकट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरू स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन्।

साथै, ग्राहकले बिहान ११ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन्। स्मार्टडोकोका ग्राहकले काठमाडौँ उपहत्याको रिङ रोडभित्र निःशुल्क डेलिभरी र रिङ रोडभन्दा बाहिर निकै कम शुल्कमा समान डेलिभरीको सुविधा पाउन सक्नेछन्। यो अफर असोज १४ देखि असोज २१, २०७८, सम्म लागु हुने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ