arrow

ओलीलाई विश्वप्रकाशको जवाफ : राजनीतिक द्वन्द्वको हल हठले होइन संवादले गर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
biswaprakash-sharma1.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माले राजनीतिक द्वन्द्वको हल हठबाट नभइ संवादबाट गर्न सकिने बताएका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवाले विहीबार आब्हान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा अनुपस्थित भएपछि शर्माको प्रतिक्रिया आएको हो ।

प्रवक्ता शर्माले सामाजिक संजालमा प्रतिक्रिया लेख्दै भनेका छन्,‘सर्वदलीय बैठकमा फरक मत राख्न सकिन्छ । साझा मत निर्माणको प्रयत्न गर्न सकिन्छ । सुसंस्कृत राजनीतिले सँगै बसेर समाधान खोज भन्छ । बहिष्कार गरेर एकल मंचबाट असहिष्णु बात गर भन्दैन ।’ ओलीलाई लक्षित गर्दै शर्माले द्वन्द्वको हल हठ होइन संवादले खोज्न र गतिरोधबाट गिर्दो छविप्रति गम्भीर बन्न आग्रह गरेका हुन् ।

संघीय संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले डाकेको बैठक पनि एमालेले बहिस्कार गरेको थियो । उक्त बैठक बहिस्कार गरेरै सभामुखलाई जवाफ दिएको एमालेले यसपालि प्रधानमन्त्रीकै आह्वानलाईसमेत लत्याएर एक्लै भिड्ने मनस्थिति बनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ