काठमाडौं । सत्ताधारी एमालेले राष्ट्रिय सहमतिको सरकारका लागि तयार रहेको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान १०ः३० बजेदेखि दिउँसो २ः४५ सम्म बसेको एमाले स्थायी समिति बैठकमा राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता औंल्याइएको हो ।
एमालेले फेरि पनि बहुमतिय सरकार गठन गर्नुको साटो सबै दल एक ठाउँमा आएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने निष्कर्ष निकालेको छ । भूकम्पपछिको पुनःनिर्माण, संविधान कार्यान्वयन र लोकतान्त्रिक व्यवस्था स्थापित गर्न राष्ट्रिय सहमतिकै सरकार चाहिने एमालेको तर्क छ ।
बैठकले संसदमा अविश्वास प्रस्ताव दर्ता भएको जानकारी मात्रै आएको र कार्यसूचीमा नपरेको भन्दै पहिले नियमित अधिवेशनका विधेयकमाथि नै छलफल हुनु पर्ने विषयमा छलफल भएको पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।
बैठकमा सहभागि श्रेष्ठले भने, ‘अविश्वास प्रस्तावको सूचनामात्रै आएको हो । कार्यसूचीमा प्रवेश गरेको छैन । त्यो भन्दा अघि कार्यसूचीमा परेका विनियोजन विधेयकका आश्रीत विधेयक पारित हुनु पर्दछ । त्यसपछि मात्रै अविश्वास प्रस्तावबारे छलफल हुन्छ ।’ संसदलाई विजनेस दिने सरकारले हो । विशेष अधिवेशन बोलाइएको त छैन नी ! प्रधानमन्त्री ओलीकै भाषामा भित्र भएको छलफलबारे सचिव श्रेष्ठले –भने । संसदमा मुकाविला गरिन्छ अविश्वास प्रस्ताव पास भए नयाँ सरकार गठन हुन्छ । फेल भए यही सरकार रहन्छ । फेरि ९ महिना सम्म अविश्वास प्रस्ताव ल्याउन मिल्दैन ।
नयाँ सरकार गठन हुनेमा शंका छैन
एमाले नेताहरुले निकै उठाएको विषय । नयाँ सरकार गठन हुन सक्दैन । यद्यपि, मंगलबारको करिब पाँच घण्टा लामो बैठकमा नेताहरुले बोलीमा पुनःविचार गरेका छन् । अब उनीहरु नयाँ सरकार गठन हुन सक्नेमा विश्वस्त भएका छन् ।
पार्टी कार्यालय सचिव श्रेष्ठकै भनाईलाई मान्ने हो भने पनि अब नयाँ सरकार गठन भएपनि एमालेलाई आपत्ति हुने छैन । उनले भने, ‘संसदीय प्रणालीबाट ढोकाबाट छिरेकाहरुलाई ढोकाबाट निस्कने अधिकार छ । तर, हतारमा झ्याबाट हाम फाल्न छ सकिँदैन । अब संसदले जे निर्णय गर्छ त्यही स्वीकार्य हुन्छ ।’ अनि सत्ता टिकाउन लाग्नु भो भनिन्छ ? जवाफमा उनले भने, ‘हामीले संसदको विधि अनुसार नै जाउँ भनेका छौं । संसदको विधि त मान्नै पर्छ ।
तर, पार्टीमा छलफल गरेर, कुनै क्लबमा गएर भाषण गरेर सरकार फेरिदैंन ।’ संसदको विधि मान्ने भए तपाईहरुले चैं किन मुख फर्काइरहनु भा त ? श्रेष्ठले भने, ‘हामीले नियमित अधिवेशनमा कार्यसूचीमा नआएको विषय छलफल नगरी कार्यसूचीमा रहेका विषयमा पहिले छलफल गरी टुंगो लगाऔं भनेका हौं । मुख फर्काएका छैनौं नी ! ।’ हतारमा हामी पनि झ्यालबाट हाम फाल्नु त भए न ।