arrow

ओली सरकारको अन्यायमा परेका सिग्देल यस पटक सचिव भए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
gopal sigdel.jpg

काठमाडौँ । केपी ओली नेतृत्व सरकार जाँदा जाँदै डेमोक्रेट भनेर चिनिएका एक उच्च कर्मचारी अन्यायमा परेका थिए । ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरेको अघिल्लो दिन मात्र ओली सरकारले असार २८गते पालो मिचेर राजेन्द्र खनाललाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।

 जब कि, बढुवा सिफारिस समितिले पहिलो नम्बरमा गोपाल सिग्देललाई सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो । खनालको नाम दोस्रो स्थानमा राखिएको थियो तर ओलीले पहिलो नम्बरमा राखिएका व्यक्तिलाई पन्छ्याएर दोस्रो नम्बरमा सिफारिस गरेका व्यक्तिलाई सचिवमा बढुवा गरे । 

सामान्यतया सरकारले पहिलो नम्बरमा सिफारिस गरिएको व्यक्तिलाई बढुवा गर्ने गर्छ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले अहिलेसम्म यो परम्परा मिचेको छैन । तर ओलीले परम्परा मिच्दै पटक पटक दोस्रो नम्बरमा सिफारिस गरिएका व्यक्तिलाई सचिवमा बढुवा गरेका थिए । 

खास गरी डेमोक्रेट भनेर चिनिएका सहसचिवहरू यसबाट मर्कामा परेका थिए । ओलीको पालामा बढुवा सिफारिस समितिले ५ पटकसम्म पहिलो नम्बरमा राखी सिफारिस गर्दा पनि गोकर्णमणि दवाडीको बढुवा गरिएको थिएन । छैटौँ पटकको सिफारिसमा मात्र उनको बढुवा गरिएको थियो । 

लोकसेवा आयोगको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठक बस्ने कानुनमा व्यवस्था छ । यस पटक बढुवा सिफारिस समितिले यस पटक ज्येष्ठताको आधारमा सिग्देललाई सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सिग्देल हाल भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत छन् । केही दिन अघि मात्र उनको सरुवा कर्णाली प्रदेशबाट काठमाडौँ गरिएको थियो । सिग्देल इन्जिनियरिङ समूहका हुन् । 

यसैबिच, गृह मन्त्रालयको सिफारिसमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवहरूको सरुवा गरेको छ । ती मध्ये १५ जना उपसचिवहरूलाई अन्य कार्यालयबाट गृहमा ल्याइएको छ भने गृहमा कार्यरत १५उपसचिवहरूलाई गृह बाहिरका विभिन्न मन्त्रालयमा सरुवा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ