arrow

शसांक बुधबार अस्पतालबाट घर फर्किदै; समर्थकहरुले घरसम्मै र्‍याली गरेर पुर्‍याउने

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
Sashanka-koirala.jpg.jpeg
काठमाडौं। गम्भीर स्वास्थ्य समस्याका कारण असार २१ गतेदेखि उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा शसांक कोइराला १६ दिनपछि बुधवार घर फर्किने भएका छन्। १६ दिनसम्म ओम अस्पतालको भेन्टिलेटर हुँदै सघन उपचार कक्षमा समेत राखेर उपचार गरिएका कोइराला ठीक भएर घर जाने अवस्था बन्दा उनका परिवारजन र शुभेच्छुक र समर्थकहरु खुसी देखिएका छन्। अस्पतालमा उपचाररत चिकित्सकहरुले पनि उनको स्वास्थ्यमा देखिएको सुधारलाई चमत्कारीक भनेका थिए। 
 
यहि चमत्कारबाट पूनर्जीवन पाएका कोइरालालाई उनका परिवारजन र शुभेच्छुक तथा समर्थकहरुले बुधवार तामझामका साथ घर फर्काउने तयारी गरेका छन्। अहिले पनि ओम अस्पतालमा रहेका उनलाई बुधबार टोखा स्थित आफ्नै निवास लैजाने क्रममा कार्यकर्ताहरूले ओम अस्पतालदेखि उनको निवास टोखासम्म र्‍याली सहित पुर्‍याउने भएका छन्। उनी बुधबार नै अस्पतालबाट रिस्चार्ज हुने पनि अस्पताल प्रशासनले जनाएको छ।
 
उनलाई ओम अस्पतालका अतिरिक्त नेपालका नाम चलेका चिकित्सकहरु र भारतबाट आएका चिकित्सकहरूको टोलीले उपचार गरेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ