arrow

प्रधानमन्त्रीलाई प्रज्ञा-प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत: शतप्रतिशत उपलब्धि हासिल

logo
रासस,
प्रकाशित २०७८ असोज १७ आइतबार
pragya-prathisthan-doc.JPG

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवासमक्ष प्रतिष्ठानको आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा प्रतिष्ठानका कुलपति प्रा गङ्गाप्रसाद उप्रेतीले सो प्रतिवेदन प्रस्तुत गरेका हुन् । 

प्रतिष्ठानले सो आवमा ८३ अध्ययन अनुसन्धान, अनुवाद र ग्रन्थ लेखनको काम सम्पन्न गरेको छ । त्यस्तै ५० राष्ट्रिय-अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, कार्यशाला र प्रवचनका काम भएका छन् । यसै गरी ग्रन्थ प्रकाशन ८१ वटा भएको छ । संस्थाले १२ पत्रिकाका २१ अङ्क पनि सो अवधिमा प्रकाशन गरेको छ । 

यस्तै नेपाली बृहत् कोषको मोबाइल एप निर्माण र सो शब्दकोष लगायत मातृभाषाहरूका शब्दकोशको एकीकृत डाटाबेस पनि निर्माण भएको सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

 “कोभिड- १९ पछि सिर्जित बन्दाबन्दीजस्ता प्रतिकूलता भए पनि हामीले शतप्रतिशत उपलब्धि हासिल गरेका छौँ”, उनले भने ।  समारोहमा प्रतिष्ठानका प्राज्ञसभा सदस्य पनि सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ