arrow

दशौं महाधिवेशनको संकेतः ओली सर्वसम्मत अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा भिडन्त  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
uml-kp-oli-conventation-2078.jpg

काठमाडौं । एमाले विधान महाधिवेशन सकिएसँगै अबको नेतृत्व कस्तो बन्दैछ भन्ने रुपरेखा तयार भएको छ । ७० वर्षे उमेरहदको व्याख्यासँगै एकपटक हालका पार्टी अध्यक्ष केपी शर्मा ओली पुनः अध्यक्ष हुने संभावना बढेर गएको छ । त्यसको संकेत विधान महाधिवेशन शुरु हुन अगावै ओलीले पत्रकारहरुसँग कुराकानीको क्रममा गरेका थिए ।

कक्षा नदोहोरिने भनेको प्रसंगलाई ओलीले पढ्ने कक्षा नै सकिएपछि नपढी बस्ने भन्दै कुटनीतिक जवाफ दिएर आगामी एक कार्यकाल नेतृत्व लिने संकेत गरेका थिए । त्यसैको उपज एमाले विधान महाधिवेशनमा ७० वर्षे उमेर हदको व्याख्या गरियो ।

कुनै पनि नेताले ७० वर्ष उमेर ननाघ्दै कार्यकारी पदमा निर्वाचित भएर बीचमै ७० वर्ष पूरा भए पनि कार्यकाल पूरा गर्न पाउने व्याख्या गरियो, जुन ओलीका लागि थियो भन्ने सहज रुपले बुझ्न सकिन्थ्यो । आगामी मंसिरमा हुने भनिएको दशौं महाधिवेशनमा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए उनले कार्यकाल पूरा गर्न पाउनेछन । उनी आगामी फागुनमा ७० पूरा गरेर ७१ वर्षमा लाग्नेछन । एमालेको नवौं महाधिवेशनले ७० वर्षे उमेर हदको व्यवस्था गरिएको भए पनि त्यसमा व्याख्या थिएन । यो विषयमा एमालेलाई आगामी पाँच वर्षसम्म हाँक्ने नेतृत्वको बारेमा प्रतिनीधिहरुबीच अपौचारिक चर्चा नभएपनि आपसमा चर्चा गर्दै रुपरेखा तयार भएको बताएका छन् ।

एमालेको विधान महाधिवेशनले एमालेको नेतृत्वको झलक देखाएको छ । महाधिवेशन हलमा प्रस्तुत गरिएको विधानमा उपमहासचिव पद खारेज गरिएको थियो पछि थप गरिएको छ । यो पद कसका लागि भन्ने प्रश्न उठेको छ । विधान महाधिवेशनको तीन दिनको अवस्थालाई हेर्ने हो भने उपमहासचिव पद प्रदीप ज्ञावालीको लागि हो भन्ने झलक आउथ्यो । वरिष्ठ नेता को पद हटाइएको छ । माधवकुमार नेपाल र झलनाथ खनाल नभएपछि वरिष्ठ पद नै हटाइयो । वरिष्ठ उपाध्यक्षसहित पाँच बनाइएको छ ।

पार्टी विधानमा दुई कार्यकालभन्दा बढी महासचिव पदमा रहन नपाइने भएपछि स्थायी कमिटीको बैठकबाट इश्वर पोखरेलले सहअध्यक्षको प्रस्ताव गरेका थिए । तर स्थायी कमिटीले त्यसलाई अस्वीकार गरेपछि विधान महाधिवेशनमा इश्वर पोखरेलका प्रतिनीधिहरुले वरिष्ठ उपाध्यक्षको प्रस्ताव गरेका थिए । यो पद इश्वर पोखरेलकै  लागि हो भन्ने प्रष्ट छ ।

अन्य उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, भीम रावल, रामबहादुर थापा, सुवास नेम्वाङलाई छुट्याइएको बताइएपनि शाक्यबाहेक सबैले वरिष्ठ उपाध्यक्ष ताकेका छन् । पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ, सत्यनारायण मण्डल र हालका उपाध्यक्ष युवराज ज्ञावालीलाई कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको छ । अहिले ओलीसँग कोही पनि प्यानल बनाएर उठ्ने संभावना एमाले नेताहरुले देखाएका छैनन ।

अहिलेका उपाध्यक्षहरुमध्ये भीम रावल र महासचिव इश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिन सक्ने भएपनि उनीहरु ओलीका अगाडी टिक्न सक्ने अवस्था छैन । त्यसकारण विधान महाधिवेशनको शुरुमै सचिव प्रदीप ज्ञावालीलाई उदघोषणको जिम्मा दिए, शंकर पोखरेललाई राजनीतिक प्रतिवेदन पढन लगाएर ‘एक्सपोज’ गराएका थिए ।

शंकर पोखरेललाई एक्सपोज गराउनको पछाडिको कारण भावी महासचिवको रुपमा अघि बढाउनु नै हो । तर महासचिवका लागि भने एमाले धेरै जनाको उम्मेदवारी पर्ने संभावना रहेको छ । पोखरेलका विरुद्ध विष्णु पौडेल, सुरेन्द्र पाण्डे, घनश्याम भूषाल पनि अघि सर्ने संभावना रहेको छ । तर ओलीको संकेत भने पोखरेललाई छ । यता इश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष हुने क्रममा शंकर पोखरेललाई अघि सार्ने संभावना छ । इश्वर पोखरेल कुनै पनि हालतमा विष्णु पौडेललाई महासचिव बनाउन चाहदैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ