arrow

काँग्रेस महामन्त्री डा.कोइराला तेस्रो हप्तामा घरमा

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
Sashanka-koirala.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला तीन हप्ते अस्पताल बसाइपछि आज घर फर्केका छन् । तीन हप्ताअघि असार १४ गते बेलुकी पेट दुखेर राजधानीको ओम अस्पतालमा भर्ना भएका कोइरालाको स्वास्थ्य अचानक बिग्रिएपछि बुधबार बिहान भेन्टिलेटरमा राखेर उपचार भएको थियो । 
 
पूर्णरुपले मेसिनबाट उपचार भएको उनको स्वास्थ्य सामान्य बन्दै गएपछि बल्ल ओमका चिकित्सकहरुले आज उनलाई टोखाको घरमै आराम गर्न छुट्टी दिएका हुन् ।   
 
कोइरालाका सहयोगी भरत तिवारीका अनुसार स्वास्थ्यमा सुधार आएपछि बिहान ९.४० बजे कोइरालालाई डिस्चार्ज गरिएको हो।
 
अस्पतालबाट डिस्चार्ज भएलगत्तै महामन्त्री कोइरालालाई टोखास्थित निवासमा लगिएको तिवारीले बताए। हिजो कार्यकर्ताले र्यालीसहित कोइराला निवास टोखा पु¥याउने जनाइए पनि अस्पतालबाटै बिदा गरिएको उनले बताए ।
 
अस्पतालबाट छुटेको झण्डै आधा घण्टामा टोखा पुगिएको तिवारीले जनाए । उनले चिकित्सकहरुले कम्तीमा १५ दिन पूर्णरुपले घरमा आराम गर्नुपर्ने जनाएको उल्लेख गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ