- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १९२ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा ७०७ को पीसीआर परीक्षण गर्दा १३२ र ३१८ को एन्टिजेन परीक्षण गर्दा ६० को रिपोर्ट पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३ मध्ये विराटनगरमा ४१ सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा एक/एक र प्रदेश बाहिरका तीन जनामा संक्रमण देखिएको हो ।
प्रदेशमा आजै १०३ महिलासहित १८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । सो अवधिमा एक महिला र पाँच पुरुष गरी छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।