arrow

‘पावरवाला’ सहसचिव सरकारले खटाएको ठाउँमा जान्नन्

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असोज २३ शनिबार
Shinga-Durbar-shingadurbar-area-ministry-energy.jpg.jpeg

काठमाडौँ। निजामती क्षेत्रमा यती बेथिति छ कि, पावरवाला कर्मचारीहरू सरकारले खटाएको ठाउँमा जान्नन्। उल्टै सरुवा परिमार्जन गर्न दबाब दिने गर्छन्। यो परम्परा अहिले मात्र होइन, सुरु देखिकै हो। सरकारले भदौ ३० गते ८५ जना सहसचिवको सरुवा एकै पटक गरेको थियो। तर त्यसमा एक दर्जन जति सहसचिवहरू सरकारले खटाएको ठाउँमा गएनन्। आफूले रोजेको ठाउँमा सरकारले सरुवा नगरे पछि उनीहरू खटाइएको ठाउँमा नगएका हुन।

स्रोतका अनुसार करिब एक दर्जन सहसचिवहरू सरकारले खटाएको ठाउँमा नगएपछि सरकारले उनीहरूकै चाहना अनुसार सरुवा सूचिमा पमिार्जन गर्ने तयारी गरेको छ। यो भनेको गम्भीर बेथिति हो। ‘खटाएको ठाउँमा नजानेहरू पावरवाला हुन्छन्। विभिन्न माध्यमबाट सरुवा सूचिमा परिमार्जन गर्न दबाब दिने गरेका छन्’प्रधानमन्त्री कार्यालयका एक उच्च कर्मचारी भन्छन्।

सुदूर पश्चिमको आर्थिक मामिला मन्त्रालयमा कार्यरत सहसचिव झलकराम अधिकारी (सुदूरपश्चिम प्रदेशमा सचिव) शुक्रवारसम्म सरकारले खटाएको ठाउँमा हाजिरी गर्न गएका छैनन्। सरकारले उनलाई भूमि व्यवस्था मन्त्रालय खटाएको छ। उनले अर्थ मन्त्रालय चाहेका छन्। अर्थ नपाए पछि सरकारले खटाएको ठाउँमा जान अटेरी गरेका छन्। स्रोतका अनुसार उनका लागि सरुवा परिमार्जन गर्न सरकारले गृहकार्य अघि बढाएको छ।

यसै गरी जितेन्द्र बस्नेत र सागर आचार्य पनि सरकारले खटाएको ठाउँमा हाजिरी गर्न गएका छैनन्। बस्नेत पञ्जिकरण विभागमा कार्यरत थिए। उनलाई सरकारले लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयमा पठाएको थियो। तर उनी खटाएको ठाउँमा गएका छैनन्। जब कि, सरकारले पञ्जिकरण विभागमा तीर्थ भट्टराई लाई ल्याइसकेको छ।

यसै गरी गृह मन्त्रालयमा कार्यरत सागर आचार्यलाई सरकारले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा गरेको छ। गृहमा काम गरी सकेका आचार्यलाई गण्डकी प्रदेशमा जान पटक्कै मन परेको छैन। त्यसैले उनी सरकारले खटाएको ठाउँमा गएनन्।

गृहमा एउटा रमाइलो संयोग परेको छ, सहसचिव सुनिल खनाल गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख हुन्। उनी कर्मचारी प्रशासन महाशाखामा आए पछि उनले पहिलो काम आफ्नो पत्नी सुप्रभा खनाललाई सरुवा गरी गृहमा ल्याएका छन्। गृहमा जान कर्मचारीहरू मरिहत्ते गर्छन्।

गृह मन्त्रालय र गृह मातहतका कर्मचारीहरूको सरुवा खटन, पटनको जिम्मेवारी हेर्ने महाशाखाका प्रमुख नै आफ्नो श्रीमान् भए पछि सुप्रभालाई गृहमा जान सजिलो भएको छ। उनी यसअघि उद्योगमा कार्यरत थिइन।

सुनिल आगामी कात्तिक महिनाबाट उमेर हदको कारण अवकाश लिँदै छन्। अवकाश लिनु अघि उनले श्रीमतीलाई गृहमा ल्याएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ