arrow

प्रधानमन्त्री देउवा पोखरामा, यस्ता छन् दुई दिने कार्यक्रम

logo
हरि पन्त, 
प्रकाशित २०७८ असोज २४ आइतबार
sher-bahadur-deuba-congesss-nc.jpg
तस्वीर–फाइल ।

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामा आएका छन् । दुई दिने कार्यक्रमका लागि देउवा पोखरा आएका हुन् । उनी आइतबार बिहान १०ः३० बजे पोखरा एयरपोर्टमा ल्याण्ड भएका हुन् । उनले ११ बजे पोखरा सभागृहमा गण्डकीलाई पूर्ण साक्षर प्रदेश घोषणा सभालाई सम्वोधन गर्दैछन् । 

उनले दिउँसो ३ बजे पोखरा–१७ को चियापान कार्यक्रममा सरिक हुँदैछन् । आइतबार साँझ ५ बजेपछि उनले राष्ट्र बैंक गेष्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

सोमबार बिहान उनले निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ