- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रीपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री केसीले मन्त्रिपरिषद् विस्तार गरे लगत्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन्।
लुम्बिनी वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन्। यसै गरी वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा वसिरउद्दिन खाँ नियुक्त भएका छन्।
यसै गरी इन्द्रजित थारु स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री बनेका छन्। यस्तै तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्चार मन्त्री बनेका छन्।
राज्यमन्त्रीहरूमा रमा घर्ती कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि शपथ लिएका छन्।
यसै गरी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्रीमा विमला खत्री वली र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री सुष्मा यादवले पनि शपथ लिएका छन्।