- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । पछिल्लो समयमा प्रदेश नं १ मा कोरोना संक्रमण दर घट्दै गएको पाइएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा सात जना गरी कूल ११० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
झापा, मोरङ र सुनसरीमा क्रमश : ४७, ३२ र १५ जना तथा धनकुटा र तेह्रथुममा दुई÷दुई, इलाममा एक र प्रदेश बाहिरका चार जनामा संक्रमण देखिएको हो ।
प्रदेशमा आजै १२४ महिलासहित २११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।