arrow

प्रदेश एक : कोरोना संक्रमण घट्दो क्रममा

logo
रासस,
प्रकाशित २०७८ असोज २७ बुधबार
province-1-corona.jpg

विराटनगर । प्रदेश नं १ मा कोरोना संक्रमण घट्दो क्रममा रहेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण भएको छ । एक सय १९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्टिजेन परीक्षण गर्दा छ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, मोरङमा चार, झापामा दुई र उदयपुरमा एक जनामा संक्रमण देखिएको हो । 

सुनसरीको इटहरीमा ११, धरानमा तीन र रामधुनीमा एक, मोरङको विराटनगर र सुन्दरहरैचामा दुई-दुई झापाको भद्रपुर र मेचीनगरमा एक-एक र उदयपुरको उदयपुरगढीमा एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै ५७ महिलासहित ११९ जना कोरोना संक्रमणमुक्त भएका छन् । सो अवधिमा एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



नयाँ