- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो २१ जनामा संक्रण देखिएको थियो ।
प्रदेशमा आजै ५९ महिलासहित १३० जना कोरोना संक्रमणमुक्त्त भएका छन् । कोरोनाका कारण सो अवधिमा मोरङ, सुनसरी, झापा र इलामका एक-एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशमा हालसम्ममा ७०६ महिलासहित दुई हजार ८८ जनाको मृत्यु भइसकेको छ ।
सोही अवधिमा २६ जनाको पिसीआर परीक्षण गर्दा झापाको मेचीनगर र मोरङको केराबारीमा एक-एक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा पीसीआर परीक्षणबाट एक लाख पाँच हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा हालसम्म पिसीआर र एन्टिजेन दुबै गरी छ लाख २२ हजार ९८८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।