arrow

मेस्सीसँग बराबरी गरे सुनिलले, रोनाल्डोमात्र छन् अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३१ आइतबार
football-sunil-chetri.jpg

काठमाडौं । भारतीय फुटबल कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा अर्जेन्टाइन फुटबल स्टार एवं कप्तान लियोनल मेस्सीसँग बराबरी गरेका छन् । 

३७ वर्षीय सुनिलले माल्दिभ्सको मालेमा शनिबार राति सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध गोल गरेसँगै मेस्सीसँग बराबरी गरेका हुन् । 

दुवैको अन्तर्राष्ट्रिय गोल संख्या ८० पुगेको छ । ३७ वर्षीय सुनिलले १२४ खेलमा ८० गोल गरेका हुन् । जबकि ३६ वर्षे मेसीले उक्त गोल संख्या १५६ खेलमा मात्र पूरा गरेका हुन् । 

सुनिल भन्दा अगाडि हाल सक्रिय खेलाडीमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोमात्र रहेका छन् । रोनाल्डोले ११५ गोल गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ