arrow

प्रदेश एकमा ९७ संक्रमित : कुन स्थानीय तहमा कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १ सोमबार
province-1-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिलासहित ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये झापामा ३७, मोरङमा ३१, सुनसरीमा १४, इलाममा चार, उदयपुर र प्रदेश बाहिरका एक/एक जनामा संक्रमण पुष्टि भएको हो । 

स्थानीय तहअनुसार झापाको विर्तामोडमा १२, मेचीनगरमा नौ, शिवसताक्षीमा चार, कनकाईमा तीन, भद्रपुर, अर्जुनधारा दमक र कमल गाउँपालिकामा दुई/दुई, गौरादहमा एक, मोरङको विराटनगरमा २१, सुन्दरहरैचामा तीन, बुढीगङ्गामा दुई, कटहरी, पथरीशनिश्चरे, ग्रामथान, उर्लाबारी र सुनवर्षीमा एक/एक, सुनसरीको इटहरी र स्थानीय तह नखुलेकामा पाँच/पाँच, धरानमा तीन, भोक्राहानरसिंहमा एक, इलामको रोङमा दुई, इलाम नगरपालिका र माईमा एक/एक, उदयपुरको कटारी र प्रदेश बाहिरका एक/एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै ३१ महिलासहित ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने पाँच महिलासहित छ जनाको मृत्यु भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ