arrow

माथेमा आयोग खारेज गरी समावेशी आयोग बनाउछौंः स्वास्थ्य मन्त्री

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
Gyapan-Patra.jpg.jpeg
काठमाण्डौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीले माथेमा आयोगको पुनरगठन आवश्यक रहेको बताएका छन्। बिगतको सरकारले गठन गरेको माथेमा आयोग नै अपारदर्शी र समावेशी नभएको भन्दै समावेशी आयोग गठन गर्ने बताए। 
 
चिकित्साशास्त्र अध्ययनरत मधेसी विद्याथी समाजको अगुवाइमा गएको विद्यार्थीहरुको ज्ञापन पत्र बुझ्दै स्वास्थ्य मन्त्री रामजनम चौधरीले नयाँ समिति बनाउने पुर्ण समाबेशी मडिकल शिक्षामा आरक्षणको व्यवस्था सुनिश्चितता हुने प्रतिवद्धता जनाए। उनले जनता र निजी क्षेत्रलाइ बाहिर राखेर ल्याएको माथेमा प्रतिवेदन र त्यसबाट बनाएको विद्येक कुनैपनि हालतमा लागु नहुने स्पष्ट पारे। 
 
ज्ञापन पत्र बुझाउदै  विद्यार्थीहरुले माथेमा आयोगले विगतमा सरकारलाई बुझाएको प्रतिवेदन अपारदर्शी मडिकल शिक्षालाई धरासायी बनाउने किसिमको रहेको ठहर गरेको छ। स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिव डाक्टर सेनेन्द्रराज उप्रेतिलाई तत्काल नयाँ आयोग गठन गर्न विद्यार्थीले माग गरेका छन्। समाजका अध्यक्ष डाक्टर विनय पञ्जियारले आफुहरुका माग पुरा गराउन टिचिङ् हस्पिटलमै आन्दोलनको तयारी थालेको बताए। यदि केसीले भने अनुसार निर्णय गरे आफुहरु हजारौ बिद्यार्थी सडकमा निकालेर सेवा बन्द गर्दै दबाव दीने चेतावनी दिए।  डाक्टर पञ्जियार विगतमा गोविन्द केसी अनसन बस्दा उनको सहयोग गर्ने र योजना बनाउने मध्येका एक प्रमुख व्यत्ति मानिन्छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ