काठमाडौं । सरकारले आम सञ्चार नीति पारित गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपषिद् बैठकले आम संचारनीति पारित गरेको हो । केही दिन अघि आमसंचार नीतिको विरोध भएपछि सरकारले संशोधनसहित पारित गर्ने निधो गरेको थियो ।
सूचना तथा सञ्चार मन्त्रालयले आम सरोकारवालासँग बृहत्तर रूपमा छलफल र परामर्श गरेर मात्रै नीतिगत र कानुनी सुधार गर्ने बताएपनि संशोधनबारे जानकारी नगराई नीति पारित गरेको निर्णय गरेको हो । मन्त्रालयले करिब डेढवर्ष अघि वेवसाइटमा आम सञ्चार नीतिको प्रारम्भिक मस्यौदा केही दिन अघि हटाएका थियो ।
नेपाल सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा नेपाली सञ्चार माध्यमसम्बन्धी समग्र नीति तथा कानुन पुनरावलोकनका कार्य गरिरहेको थियो । यस्तै, सरकारले टेलिभिजनका लागि क्लिन फिड लागू गरेको छ । अब विदेशी च्यानलले विज्ञापनरहित कार्यक्रम प्रसारण गर्नु पर्ने छ ।
युरेनियमको संरक्षणको जिम्मा सेनालाई
मन्त्रिपरिषद्ले मुस्ताङको लुमान्थाङमा भेटएको युरेनियमको सुरक्षार्थ सेना खटाउने निर्णय गरेको गरेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेका अनुसार युरेनियमको अध्ययन अन्वेषणको जिम्मा भने उद्योग मन्त्रालयलाई दिइएको छ ।
खानी तथा भूगर्भ विभागले हालै मात्र मुस्ताङको प्राकृतिक खानीमा युरेनियम, नुन, पेट्रोल र कोइला रहेको पुष्टि गरेको थियो । यद्योगमन्त्रीले त्यसको सुइको पाउने विक्तिकै अवलोकन गरेका थिए ।
वीर अस्पताललाई दुवाकोटमा ७ सय रोपनी जग्गा
मुलुककै जेठो एवं विपन्न नागरिकको उपचारएको एक मात्र विकल्प वीर अस्पताल भक्तपुरमा स्थानान्तरण हुने निर्णयपछि सरकारले जग्गा उपलब्ध गराउने निधो गरेको छ । शुक्रबार बसको मन्त्रिपरिषद् बैठकले वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा जग्गा लिन लागि स्वीकृति दिएको हो ।
हाल वीर अस्पताल अहिले महाबौद्धमा छ । अहिले वीरलाई ठाउँ साँघुरो भएपछि सेवा सञ्चालन गर्न सकस भएको छ । अब वीर भक्तपुरको चाँगुनारायण नगरपालिका ११ र १४ मा पर्ने दुवाकोटमा सर्न लागेको हो ।