arrow

नेविसंघ विवाद समाधन समितिका सदस्य नै अनशनमा

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
kundan-kafle.jpg.jpeg
काठमाडौँ। नेपाल विद्यार्थी सङ्घका नेताहरुले आगामी ११ औैँ महाधिवेशन विवाद मिलाएर गराउन माग गरेका छन्। 
 
नेविसङ्घ विधिवत महाधिवेशन पक्षधरका नेताहरुले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेविसङ्घका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेले भागवण्डाका आधारमा महाधिवेशन गर्दा सङ्गठन कमजोर हुने भन्दै विवाद रहेका जिल्लालाई तत्काल टुङ्ग्याएर महाधिवेशन गर्न आग्रह गरे।
 
उनले भने,‘आन्तरिक लोकतन्त्रको चीरहरणका कारण आन्तरिक लोकतन्त्रको सुनिश्चितताको लागि हाम्रो आन्दोलन हो, विधिवत महाधिवेशन नगरि भागवण्डाका आधारमा अधिवेशन गर्न खोजिनु लोकतन्त्र र काँग्रेस कमजोर पार्ने षड्यन्त्र हो, हामी यो कदापि हुन दिँदैनौं ।’
 
आगामी महाधिवेशनका अध्यक्षका प्रत्यासी समेत रहेका उनले विधिसम्मत महाधिवेशन गर्न नेविसङ्घ केन्द्रीय समिति र पार्टीले आफ्नो मागको सुनुवाई नभए आगामी आइतबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशन बस्ने चेतावनी दिए। उनले विवाद समस्या समाधान समिति बनेपनि अहिलेसम्म बैठक बस्न नसक्नु दुखद भएको बताए। काफ्लेले आगामी तीन दिनसम्म पनि आफ्ना मागहरु सुनुवाई नभए आमरण अनशन बस्ने चेतावनी दिए।
 
उनले थपे,‘‘नेविसंघलाई भर्तीकेन्द्र बनाउनुहुँदैन, विधि, विधान र नियम पद्धतीका कुरा हाम्रो संगठनबाट अरु संगठनले सिक्ने हो, यदि यो र त्यो नाममा यसमाथि प्रहार हुन्छ भने कदापि ईमानदार नेविसंघलाई सह्र्य हुनेछैन, विधिको लागि नै हाम्रो लडाई, आन्तरिक लोकतन्त्रको सुनिश्चितता नहुन्जेलसम्म हामी लडाईमै हुन्छौं।’’
 
नेविसङ्घका पूर्व केन्द्रीय सदस्य बलदेव तिमल्सेनाले महाधिवेशन गर्न खोजिएको बहानामा महाधिवेशन टार्न खोजिएको आरोप लगाए। उनले अगाडि भने, “विधि र प्रक्रियालाई टेक्नुभन्दा खल्तीबाट झिकेर नेविसङ्घको महाधिवेशन प्रतिनिधी बनाइएको छ यो राम्रो कुरा होइन।”
 
कार्यक्रममा विवाद समस्या समितिका सदस्य जीत शेरचन, नेविसङ्घ पूर्व केन्द्रीय सदस्य नेता कृष्णकुमारी बस्नेत, युवराज पाण्डे, गणेश सापकोटालगायतले ११ जिल्लामा दुईवटा अध्यक्ष भएको वर्तमान समयमा नेविसङ्घको महाधिवेशन हुन नसक्ने स्पष्ट पारे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ