arrow

प्रदेश १ मा पनि सत्ता परिवर्तनको तयारी

मुख्यमन्त्री आचार्यले पेश गरे विश्वासको मत सम्बन्धी प्रस्ताव : आइतबार छिनोफानो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
pradesh1-budget.JPG

काठमाडौँ। बागमती प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया सुरु भइसकेको बेला प्रदेश १ मा पनि सरकार परिवर्तन नजिक देखिएको छ।

शुक्रवार प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेसँगै यो प्रक्रिया अघि बढेको हो।

आचार्य नेकपा एमालेबाट १० भदौमा मुख्यमन्त्री बनेका हुन्। शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आचार्य सो प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर दल विभाजन भएसँगै आचार्यलाई संविधान अनुसार विश्वासको मत लिनु पर्ने बाध्यता छ।

संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा विश्वासको मत लिनु पर्ने प्रावधान छ।

मुख्यमन्त्री आचार्यले प्रस्ताव पेश गरेसँगै अब आगामी आइतबार विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान हुनेछ। प्रदेश १ को प्रदेश सभा ९३ सदस्यीय छ।

प्रदेश १ का प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी थप प्रक्रिया आइतबार बस्ने बैठकमा अघि बढ्ने जानकारी दिए।

उनले आगामी बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया अघि बढ्ने बताएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ