arrow

प्रदेश एक : ९० जनामा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
province-1-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिला सहित ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।    

सामाजिक विकास मन्त्रालयका अनुसार ४४६ जनाको पिसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रममण देखिएको छ ।

संक्रमितमा झापामा ३३, मोरङमा २०, सुनसरीमा तीन, इलाममा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका चार जना रहेका छन् । 

स्थानीय तहअनुसार झापाको भद्रपुरमा १०, विर्तामोडमा नौ, दमक, अर्जुनधारा र शिवसताक्षीमा तीन-तीन, हल्दिबारी र कनकाईमा दुई-दुई र गौरादहमा एक, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा चार, कटहरीमा तीन, बेलबारीमा दुई, कानेपोखरीमा एक, सुनसरीको धरानमा तीन, इलामको इलाम नगरपालिका र माईजोगमाईमा एक-एक, उदयपुरको उदयपुरगढीमा एक र प्रदेश बाहिरका चार जनामा संक्रमण देखिएको हो । 

प्रदेशमा आजै २९ महिलासहित ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने दुई  महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ