- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले विश्वासको मत लिनका लागि संसद्मा प्रस्ताव पेश गरेका छन् ।
.
प्रदेश १ प्रदेश सभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्ताव पेश गरेका हुन् । संसद्मा विश्वासको मत माग्नका लागि प्रस्ताव पेश गर्न रोष्टममा पुगेको मुख्यमन्त्रीले केही दिन अघि आएको वाढिपहिरो वाट भएको धनजनको क्षति र प्रदेश सरकारले गरेका प्रयासको बारेमा जानकारी गराएका थिए ।
सरकारमा रहेको दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । संसद सचिवालयमा भने गत २५ गते मुख्यमन्त्री आचार्यले सूचना दर्ता गराएका थिए ।
प्रदेशसभामा विश्वासको मत आइतबार मात्रै टुङ्गो लाग्ने भएको छ । आइत वार बस्ने बैठकमा मतदान मार्फत टुङ्गो लगाउने कार्य परामर्श समितिको बैठकले निष्कर्ष निकालेको थियो । विपक्षी गठबन्धनहरूले आज नै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अडान राखेपछि सभामुख प्रदीप कुमार भण्डारीले कार्य परामर्श समितिको बैठक बोलाएका थिए ।
९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्छ । जसमा एमालेका ४१ सांसद नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका १ सांसद भने कतै खुलेका छैनन् ।
प्रदेश १ मा गठबन्धन बिच टुटफुट नभए आइतबार नयाँ मुख्यमन्त्री पाउने पक्का देखिएको छ । केन्द्रीय सत्तारुढ गठबन्धन दलले प्रदेश १मा नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारको चाबी बुझाउने निर्णय गरिसकेको छ । नेकपा एसले मुख्यमन्त्रीमा राजेन्द्र राई लाई अगाडि सारेको छ ।