arrow

कपिलवस्तुमा ८ हजार हेक्टर क्षेत्रको धानबालीमा क्षति : किसानको पिडा कसले सुन्ने ?

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
bhakanidaikapilbasu.JPG

कपिलवस्तु । विजय नगर गाउँपालिका वडा नं २ जलैयाकी किसान रफिकुन निशा भक्कानिँदै खेतको धान हेर्दै रोएर चिन्तित   छन् ।  बेमौसमी वर्षाले खेतमा काटेर लगाएको धान भिजेर उम्रेपछि धान काम लाग्ने अवस्थामा नरहेको बताइन् । 

No description available.

गरिबिको कारण अरूको जमिनका अधियामा लगाएको धान नष्ट भएपछि अब के खाने र परिवार कसरी पाल्ने  भन्ने चिन्तामा छन् । अरूको १५ कठ जमिनमा लगाएको धान नोक्सान भएपछि अब घरमा खाने कुरा नै नुहुने बताइन् । गरिब छौ हाम्रो कुरा को सुन्छ सुन्ने भए सरकारले हामी वास्तविक गरिब किसानलाई राहत देऊ । 

रफिकुन निशा प्रतिनिधि पात्र मात्र हुन जिल्लामा हजारौँ किसानको पिडा यस्तै छ  । विजय नगर -२ का बहाहु भरले  बेमौसमी बर्माले धानमा ठुलो नोक्सानी गरेको बताए । ‘काटेर खेतमा  रहेको धान पानीले सखाप पार्‍यो’ दुःखी हुँदै भने । अविरल वर्षाले धान ढलाएर पानीले भिज्दा झन् नोक्सानी भएको उनले बताए’ । यस वर्ष पर्याप्त वर्षा र मल खादको समेत राम्रो आपूर्ति भएकाले उत्पादन बढी हुने आस गरेर बसेका कुषकहरु बेमौसमी वर्षाले निराश भएको बुद्धभूमी  नगरपालिका-१० धनकौलिका  कृषक बहरैचि केवटले बताए । ‘बेमौसमी वर्षाले गर्दा धान खेतीमा कृषकहरूलाई निकै मर्का परेको छ’ उनले भने । 

‘यस वर्ष धान खेती राम्रो देखिएको थियो, तर अहिले पानीले चुट्यो खै लगानी पनि उठ्दैन जस्तो लाग्छ’ उनले भने । खेतमा काटेर दाउन ठिक्क पारेको धान बाली पानीले चुटेर चौपट पारेको शुद्धोधन १ का  कृषक नथइ यादले बताए । उनले कृषकहरूले बेहोरेको नोक्सानीको ३ तहका सरकारले मिलेर क्षतिपूर्ति दिनु पर्ने माग गरे ।

No description available.

जिल्लामा  ८ हजार हेक्टर क्षेत्रको धान बालीमा क्षति भएको छ । यस वर्ष ७ प्रतिशत धान उत्पादनमा वृद्धि हुने अनुमान गरिरहेको बेला आइतबार देखि ४ दिन सम्म परेको बेमौसमी वर्षाले जिल्ला कै प्रमुख धान बालीमा क्षति पुगेको हो । आइतबार देखि परेको अविरल वर्षाले धान स्याहार्नका लागि खेतमा काटेर राखिएको धानमा क्षति नोक्सानी भएको कृषि ज्ञान केन्द्रका प्रमुख राबिन्द्र चौबेले बताए । प्रारम्भिक विवरण अनुसार जिल्लाका १० पालिकामा कुल ८ हजार हेक्टरमा लगाइएको धान बालीमा नोक्सानी भएको उनले बताए । पानीले ढलाएर धान बालीलाई ढलाएर सो क्षति भएको उनले बताए । उनले अझै पनि तथ्याङ्क सङ्कलन जारी रहेको बताए । 

‘यस वर्ष राम्रो वर्षा र मल खादको समेत राम्रो उपलब्धता भए पछि ७ प्रतिशत धान उत्पादन हुने अनुमान गरेका थियौ’ उनले भने ‘तर प्रकृतिले साथ नदिँदा धान बालीमा क्षति पुगेको छ’ । उनले कृषकहरूलाई बाली बिमा आग्रह गरेका छन् । स्याहार्न तयारी अवस्थाका धान बाली पानीले भिजेपछि किसान चिन्तित बनेका छन् । काटेर खेतमै छाडेका धान भिज्दा स्याहार्न, दाउन समस्या भएको छ ।

No description available.

अर्ली भेराईटी धान बालीमा  बढी नोक्सान भएको  कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा. रवीन्द्र चोबेले छिटो हुने प्रजातिका धान नोक्सान भएको बताए । यस वर्ष जिल्लामा ७१ हजार ५ सय हेक्टरमा खेती गरिएको छ । जसबाट २ लाख ८५ हजार ५८३ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

 गत वर्ष ७१ हजार २ सय हेक्टरमा गरिएको धान खेतीबाट २ लाख ७१ हजार ९८४ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लाको कुल खेतीयोग्य जमिन करिब ८३ हजार हेक्टर रहेको छ, जसमध्ये यो वर्ष ७१, हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जिल्लामा करिब ५५ प्रतिशत क्षेत्रफलमा हाइब्रिड जातका र ४५प्रतिशत क्षेत्रफलमा उन्नत जातका धानको खेती गरिन्छ । 

No description available.

 उता नेपाली काँग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले किसानहरू अत्यन्त मारमा परेकाले तत्काल सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने माग गरेका छन् । आर्चायले किसानको खेतमा पुगेर क्षतिको विवरण बुझ्दै गरिब किसानहरूको समस्या समाधानको लागि सरकारले क्षतिको विवरण सङ्कलन गरि तत्काल राहत वितरण गर्न माग गरेका छन् । काँग्रेस लगायत अन्य सङ्घ सङ्गठनले समेत किसानहरूको क्षतिको परिपूर्ण तत्काल सरकारले गर्नु पर्ने माग गरेका छन् ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ